तितोपाटी - धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो । धनुषा मिथिला नगरपालिका–६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा…
तितोपाटी - ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा रहेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो फ्याक्ट्रीमा आज (बिहीबार) बिहान आगलागी भएको हो । बिहान साढे ३ बजेबाट लागेको आगो केमिकल फ्याक्ट्री भएका कारण अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको…
तितोपाटी - वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाकाे हत्या गरिएकाे छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार बिहान २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।गोली लागेर घाइते भएका…
तितोपाटी - सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् । शनिबार उनी एसकेएम विद्यायक दलका…
तितोपाटी - अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्दै आएको एआईबीटीको अर्को कलेजसमेत खारेज भएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी एआइबीटीको दर्ता खारेज भएको केही समयमै इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. एआइबीटी इन्टरनेशनलको दर्ता समेत अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी आस्काले खारेज गरेको छ । यससँगै करीब…
तितोपाटी - भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोराको विभत्स हत्या गरेकी छन्। भोजपुर नगरपालिका- ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन्। मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका- ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया…
तितोपाटी - महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ…
तितोपाटी - मोरङमा टिपरको ठक्करबाट बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले विपरित दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम…
तितोपाटी - भुमे गाउँपालिका ७ गुनाममा खुकुरी प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्। गुनामका २० वर्षीय बिरत बिकले ४१ वर्षका बाबु रमन बिकको हत्या गरेको प्रहरीले बताएको छ। बिहीबार बिहान ५ बजेतिर रमनलाई खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक बीरबहादुर सुनारले जानकारी दिए। हत्यामा…
तितोपाटी - झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ…