Sunday 25th October 2026

यातायात मन्त्रीको गाडी नै खोलामा डुब्यो


तितोपाटी – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।

पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेको हो ।

आधा भन्दा बढि भाग डुब्दा गाडीभित्रै रहेका मन्त्रीलाई सुरक्षाकर्मीले तत्कालै उद्दार गरेका थिए । उक्त गाडीलाई भने क्रेनको सहायताले बाहिर निकालिएको थियो ।खोलामा डुबेको सो गाडीको मर्मत गर्नु पर्ने भएपछि मन्त्री भने अर्को गाडीमा काठमाडौं फर्केका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...