Tuesday 4th August 2026

अब कसको बिश्वास गर्ने: संचारकर्मी बिकास थापा


बिकास थापा- कपिलवस्तु / अधिंकाश बलात्कार पुरुषबाटै हुन्छन हो । त्यही माथि आफनै घरपरिबारका सदस्य देखी आफ्न्तसम्म नै पिड्क हुन्छन । आजभोली छोरी बुहारी घाँस ,दाउरा ,पानी र पधेरा गई घर नआउञ्जेल परिबारमा एक किसिमको त्रास फैलिन थाल्छ । कि कतै हत्या भएको की बलात्कार भयो की जस्ता कुरा मनमा खेलि रहन्छन ।

मान्छेको मन्नै हो चाहिदो नचाहिदो अनावश्यक कुरा मनमा खेल्न थाल्छन । पहिले नेपाली समाजमा जगंली जनावरको डर थियो तर त्यो डर बिस्तारै बस्ती बिस्तार संगै हरायो । तर आजभोली ति जंगली जनाबरको ब्यहारमा मान्छे परिणत हुन थाले । रत समाजमा नावालक बालिका देखी बुढौली उमेरले छोएका माथि बलात्कार दिनानुदिन बढदै छ । कूदृष्टिले हेरिदै छ । त्यसमा आजभोली हत्या त झन कुरै नगरौ दिनमा कयौ जनाको भएको छ । यि हत्या बलात्कार गर्ने अरु बाहिरी मुलका नभएर आफ्नै घर परिबारका सदस्य , आफन्तजन , छिमिकी मात्र रहेको पछिल्ला घटनाले देखाएको छ । अब आफै भन्नुहोस कसको बिश्वास गर्ने । मानिसको जिवन आफुले सोचेको जस्तो नहुने रहेछ । कतिखेर के हुन्छ थाहै हुदैन कोहि गल्ती गर्छन् र पनि सजाय पाउदैनन् कोहि बिना गल्ती मै सजाय पाउन्छन ।
संसारमा यती धेरै पाप बढेको छ, हजुरबुबाले नातिनी बाउले छोरि दाइले बहिनी जेठाजुले बुहारी देवरले। भाउजू जसुकै होस् चाहे २ बर्षको नाबालिका नै किन। नहोस् बलात्कार गर्न छोडेका छैनन् मात्र आफ्नो इच्छा पूरा गर्न पाए भयो एकअर्काको आखामा आँसु देखेर माया पनि नलाग्ने कस्ता कस्ता मानवीयको जन्म भएको छ यो संसारमा आखिर किन मान्छे यसरी जंगली जनाबरको ब्यहारमा परिणत भएका होलान कि हत्यारा र बलात्कारीलाई दिने सजाय हाम्रा देशमा नभएको हो पहुचवाला मान्छेका कोही कसैको हत्या , बलात्कार भयो भने यस बिषय सदनसम्म पुग्ने हत्यारा पत्ता लगाउन बिभिन्न अनुसन्धान चल्छन तर जसको कोही छैन तिनीहरुले के गर्ने तिनीहरुलाई कसले हेर्ने । हामीले सुनेका हत्या बलात्कार अधिंकाश पुरुषबाट नै हुन्छ तर आजभोली महिलाबाट पनि हुने क्रम बढदै गएको छ ।

यहि जेठ २४ गते मात्र बाराको माइगढीमाई–१ मा आफ्नै ठूलीआमाले छिमेकी फसाउन २ बर्षिया छोरीको बलात्कार गरेकी छिन । अब भन्नुहोस पुरुषलाई मात्र दोष दिएर हुन्छ त किन आखिर यस्तो भएको छ । यो एउटा घर समाजको मात्र समस्या होईन नेपालकै अहिलेको प्रमुख समस्या हो । कतै यस्तो अनैतिक अमानबिय ब्यहार गर्नेलाई हाम्रो सकारले दिने सजाय नै कडा भएन की ? आजभोली पत्रपत्रिका , रेडियो टेलिभिजनका मुख्य समाचारका हेडलाईन नै यस्ता खालका समाचारले भरिन्छन । फेसकुबका भित्ता भरिन्छन । हाम्रो देश को कानून साह्रै फितलो छ। जब सम्म दंड हीनता को अन्त्य हुँदैन तबसम्म नया नेपाल सम्भब छैन। त्यसकारण कड़ा सजाए अनिवार्य हुनुपर्छ ।एउटी सानी बालिकाको बलात्कार हुन्छ केही समयपछि उसको मृत्युको खबर सुन्न मा आँउछ,
समाजका केही प्रोग्रशीभ युवा युवतीलगायत केही मानिसहरु नारा लगाउँदै सड़कमा निस्कन्छन्, केही दिन त्यस विषयमा चर्चा परिचर्चा हुन्छ फेरी सबै आ-आफ्ना काममा व्यस्त हुन्छन्, अपराधी खुल्ला घुम्छ र कानुनी त्यस अपराधी अघि लाचार र अन्धो भए झैं गर्न किन की त्यस अपराधीहरुको शीरमा ताकतवर मानिसको हाथ हुन्छ। फेरी अर्को त्यस्तै घटना घट्छ, फेरी कानुन लाचार हुन पुग्दछ र यसरी अनेकौं बालिकाहरु मानव खाल ओड़ेका दानवहरूका शिकार हुन्छन् र अन्धो कानुन अपराधी सामु अन्धो भएझैँ गर्छ।
जब सम्म व्यवस्था परिवर्तन हुँदैन तबसम्म शासकहरुको जगजगी चलिरहने छ र यस्ता काण्डहरू समाजमा घटी रहने छन् जसमा गरीब, मजदूर अथवा समग्रमा भन्नु पर्दा सर्वसाधारणहरू शासकको चालमा परेर उनिहरुको शिकार भईरहनेछन्।


सम्बन्धित शीर्षकहरु

दक्षिणी रूसको क्रास्नोडार क्षेत्रस्थित कालो सागर (Black Sea) किनारको आर्खिपो-ओसिपोभ्का समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये…

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

प्रतिकृयाहरू
...