Wednesday 12th November 2025
Ads
Image

तितोपाटी - नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। १२ वर्षअघि नेपाल र…

Image

तितोपाटी - युट्युवर प्रनेश गौतमलाई प्रहरीले रिहा गरेको छ । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो । ‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले रिहा गरी हाजिरी जमानीमा छाडेका हाे । हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ…

Image

तितोपाटी - बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् । लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी छिन् । भूमिका तेस्रो लिङ्गी हुन् । संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची…

Image

तितोपाटी - समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ । पार्टीका नेताहरू केन्द्रिय अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दल दर्ताको लागि आजै  अपरान्ह निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि…

Image

तितोपाटी - यातायात ब्यवस्था विभागले गत वर्ष बढाएको सार्वजनिक यातायातको भाडा बढोत्तरी गरेको एक वर्ष पनि नुहुँदै पुनः भाडा बढाएको  छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा  आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको हो । यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा…

Image

तितोपाटी - चीनको दक्षिण-पश्चिम क्षेत्रमा एक हप्तादेखिको अविरल वर्षाको कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् । निरन्तरको वर्षाका कारण सयौं घर र हजारौं हेक्टरमा लगाइएको बालीनालीसमेत नष्ट भएको अधिकारीहरुले बताएका छन्। अझै केही दिनसम्म…

Image

तितोपाटी - साउदी अरबमा एक नेपाली कामदार विरूद्ध मृत्युदण्डको फैसला सुनाइएको छ ।आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए पछि १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको हो। उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए…

Image

तितोपाटी - हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा व्यापक जन प्रदर्शन भइरहेको छ । गत अाइतबारदेखि शुरू भएको प्रदर्शन हिँजो बुधबार सम्म अाइपुग्दा प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले प्रशासनिक कार्यालय समेत घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त…

Image

तितोपाटी - बलिउडका लोकप्रिय अभिनेता  अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्। भारतीय चलचित्रको इतिहासमा एक प्रमुख ब्यक्तिको रूपमा चिनिएका बच्चन भारतमा गरिबहरूका मसिहा नै मानिन्छन् । भारतीय चलचित्रको इतिहासमा पटक पटक सर्वश्रेष्ठ अभिनेता र लाइफ टाइम एचिभमन्ट अवार्डबाट सम्मानित बच्चनले यस अघि पनि उत्तर प्रदेश…

Image

तितोपाटी-विश्वका धेरै कमाउने खेलाडीहरूको सूचीमा भारतका क्रिकेट कप्तान बिराट कोहली पनि परेका छन् । फोर्व्सको विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा एकमात्र भारतीय खेलाडीका रूपमा भारतीय क्रिकेट कप्तान विराट कोहली परेका हुन। फोर्व्सका अनुसार कोहलीको कमाइ २ करोड ५० लाख डलर रहेको छ। उनी यस सूचिको १०० औं नम्बरमा परेका हुन्। सूचिको शीर्ष…