Saturday 18th May 2024

फेसबुकमा दलित समुदायलाइ गाली गर्ने विरूद्ध कारवाहीको माग गर्दै उजुरी


तितोपाटी – समाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तीजनक गाली गर्नेलाई कारबाही माग गर्दै सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भएको छ । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँद दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन ।

समाजिक सञ्जाल फेसबुकमा सिँगो दलित समुदायलाई गाली गरेको भन्दै अधिकारकर्मी गजमेरले पोष्ट लेख्ने संजिव राई कान्छा, सुभाष मंगोल र रखल मगरलाई खोजतलास गरी पक्राउ गरेर कसुरदारहरूलाइ कानूनी कारबाहीकाे माग गरेकी हुन् । शान्ति फाउन्डेसन संस्थाकी अध्यक्ष गजमेरले लिखित उजुरी दिएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको इप्रका इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेसबुकमा दलित समुदायलाई होच्याउँदै जातीय गाली गर्नेलाई प्रहरीले पक्राउ गरी विद्युतीय अपराध तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार मुद्दा चलाउन सक्नेछ । जातीय विभेद तथा छुवाछुत कसुरअनुसार कसैले पनि जाति, वर्ग समुदायलाई अपमानजक गाली गर्न पाइँदैन ।

जातीय विभेद र छुवाछुत गरेको ठहर भए तीन वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना सजाय हुने व्यवस्था छ । यसबाहेक अभियुक्तले पीडित पक्षलाई क्षतिपूर्ति दिनु पर्दछ । यसैगरी साइबर अपराध अन्तर्गत विद्युतीय सञ्चार माध्यममा अर्काको बेइज्जत गरेको ठहर भए पाँच वर्षसम्म सजया हुने व्यवस्था छ ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...