Friday 2nd October 2026

फेसबुकमा दलित समुदायलाइ गाली गर्ने विरूद्ध कारवाहीको माग गर्दै उजुरी


तितोपाटी – समाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तीजनक गाली गर्नेलाई कारबाही माग गर्दै सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भएको छ । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँद दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन ।

समाजिक सञ्जाल फेसबुकमा सिँगो दलित समुदायलाई गाली गरेको भन्दै अधिकारकर्मी गजमेरले पोष्ट लेख्ने संजिव राई कान्छा, सुभाष मंगोल र रखल मगरलाई खोजतलास गरी पक्राउ गरेर कसुरदारहरूलाइ कानूनी कारबाहीकाे माग गरेकी हुन् । शान्ति फाउन्डेसन संस्थाकी अध्यक्ष गजमेरले लिखित उजुरी दिएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको इप्रका इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेसबुकमा दलित समुदायलाई होच्याउँदै जातीय गाली गर्नेलाई प्रहरीले पक्राउ गरी विद्युतीय अपराध तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार मुद्दा चलाउन सक्नेछ । जातीय विभेद तथा छुवाछुत कसुरअनुसार कसैले पनि जाति, वर्ग समुदायलाई अपमानजक गाली गर्न पाइँदैन ।

जातीय विभेद र छुवाछुत गरेको ठहर भए तीन वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना सजाय हुने व्यवस्था छ । यसबाहेक अभियुक्तले पीडित पक्षलाई क्षतिपूर्ति दिनु पर्दछ । यसैगरी साइबर अपराध अन्तर्गत विद्युतीय सञ्चार माध्यममा अर्काको बेइज्जत गरेको ठहर भए पाँच वर्षसम्म सजया हुने व्यवस्था छ ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...