Sunday 25th October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान शुरू हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचन सम्बन्धी सूचनामा उल्लेख छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन…

Image

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ। आयोगले शान्ति सुरक्षा कायम गर्न र भीड नियन्त्रणका लागि आवश्यक तयारी तथा रणनीति प्रभावकारी नभएको निष्कर्ष निकालेको छ। साथै, प्रहरी…

Image

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर दलेलालाई नेपालको नयाँ राजदूत नियुक्त गर्न प्रस्ताव गरेको हो । भारतले उनको नाम स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पठाइसकेको छ। सन् १९९३ ब्याचका भारतीय विदेश सेवा अधिकारी दलेलाले यसअघि भुटानका लागि…

Image

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्। मृतकमध्ये चार बालबालिका रहेका छन्। आक्रमणमा उत्तरी चेर्निहिभ क्षेत्रको एक आवासीय भवन ध्वस्त हुँदा १५ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति…

Image

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार सेप्टेम्बरको मध्यसम्म ७६ हजार रहेको विस्थापितको संख्या अहिले २ लाख नाघेको छ। आईओएमकी महानिर्देशक एमी पोपले अवस्था निकै चिन्ताजनक रहेको बताउँदै विस्थापितहरूका लागि खाद्यान्न, आश्रय र मानवीय सहायता बढाउन अन्तर्राष्ट्रिय…

Image

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय संकटमा परेको छ। युद्धका कारण हजारौं भवन, बस्ती, विद्यालय, अस्पताल तथा पूर्वाधार ध्वस्त भएका छन् भने लाखौं मानिस विस्थापित भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजारभन्दा बढी प्यालेस्टिनीको…

Image

फ्रान्सभर विद्यार्थीहरूले विद्यालयमा शिक्षक अभाव, अत्यधिक भीडभाड भएका कक्षाकोठा तथा जीर्ण शैक्षिक पूर्वाधारको विरोध गर्दै आन्दोलन तीव्र पारेका छन्। यो आन्दोलनले देशले सामना गरिरहेको गम्भीर आर्थिक समस्यालाई थप उजागर गरेको छ। फ्रान्सको सार्वजनिक ऋण जुन महिनासम्म ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ, जुन देशको कुल अर्थतन्त्रको आकारभन्दा पनि ठूलो…

Image

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ। निरेमले यसअघि आगामी जनवरी १, २०२७ मा सांगीतिक उत्सव आयोजना गर्ने घोषणा गरेको थियो। सोही दिन तमु समाज कुवेतले पनि आफ्नो महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि,…

Image

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह गरेको छ। सामाजिक मामिला मन्त्री डा. अम्थाल अल–हुवैलाहले च्यारिटी क्षेत्रमा काम गर्ने कर्मचारीहरूको पनि सुरक्षा जाँच गरिने बताएकी छन्। नयाँ कानुनले चन्दा संकलन र सहयोग वितरणलाई थप व्यवस्थित तथा पारदर्शी…

Image

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरी छानबिन गर्न तथा देशव्यापी मतदाता नामावलीको ‘विशेष गहन पुनरीक्षण’ (एसआईआर) प्रक्रियालाई गैरकानुनी घोषणा गर्न माग गरिएको छ। याचिकाकर्ताहरूले एसआईआरका नाममा करिब १३ करोड ३० लाख मतदाताको नाम सूचीबाट…