एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। अदालतले निर्भयाको बलात्कारपछि हत्या गरेको दोषी ठहर गर्दै…
तितोपाटी-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकारले यो वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने बताएका छन्।मन्त्री यादवले ३ महिनामा मन्त्रालयले गर्ने कामहरु सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई एक सय दिनको रोजगारी दिने बताएका हुन्। गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक…
तितोपाटी - जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै पत्रकार कुटिएका छन्। समाचार संकलनको क्रममा कार्यालयमा पुगेका पत्रकारको टोलीलाई आक्रमण भएको हो। मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कुटपिट गरेको नेपाल पत्रकार महासंघका महासचिव किरणकुमार कर्णले बताए। ‘हामी आक्रोशपूर्ण वातावरणलाई साम्य पार्न गएका थियौं’,…
तितोपाटी-इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ। उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्। इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीके काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन्।…
तितोपाटी- अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको हो ।कार्यक्रममा सहभागीहरुका अनुसार एनएसडब्लु प्रहरीले अनुमति विना र्याली निकालिएको भन्दै सहभागीलाई अघि नबढ्न…
तितोपाटी- सिन्धुपाल्चोकका नरेशमान तामाङ कतारमा २ वर्ष पसिना बगाएर स्वदेश फर्किए। दुई वर्ष कतारमा काम गरेर कमाएको पैसा ऋण तिरेर केही बचेको थियो उनको। उनी फेरि खाडी जाने वा नेपालमै केही व्यवसाय गर्ने भन्ने दोधारमा परे।नरेशमानका केही साथीहरुले युरोपेली मुलुक अर्मेनियामा राम्रो कमाइ हुने सुनाए। दोधारमा रहेका नरेशमानलाई युरोप मोहले…
तितोपाटी - इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो। सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको हो। इरानले…
सोह्रखुट्टे चोकस्थित गणेश मन्दिर नजिकैको एक घरमा चारजना युवतीले २ वटा कोठा भाडामा लिएका छन् । अन्दाजी २० देखि २५ वर्ष उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरू धनाढ्य परिवारका छोरीजस्ता देखिन्छन् । युवतीहरुको ‘हाइफाइ’ यस्तो छ कि मानौँ उनीहरुका अभिभावक विदेशमा लाहुरे छन् र उनीहरुले आफ्ना छोरीका लागि मासिक खर्चका…
तितोपाटी -बागमती नदीको ढुंगा, गिटी र बालुवालाई हत्याउन खोज्ने एक व्यावसायी प्रहरीको नियन्त्रणमा पुगेका छन्। बैंकको नक्कली कागजात तयार पारी नगरपालिकामा पेश गरेर ठेक्काको सम्झौता गर्न खोज्ने व्यावसायी अन्ततः प्रहरीको नियन्त्रणमा परेका हुन्।रौतहटको गढीमाई नगरपालिकाले ठेक्कामा लगाउन खोजेको बागमती नदीको ढुंगा, गिटी र बालुवाको ठेक्का सकार गरेको तर नपामा रकम…
तितोपाटी नुवाकोट धादिङ-रसुवा समाज कुवेतले नेपालकी दुबै मृगौला पीडित एक महिलाको उपचारार्थ आर्थिक सहयोग गरेको छ। समाजले नुवाकोट जिल्लाको साबिक सामरी गा वि स हाल म्यागङ गाउँपालिका वडा न ६ निवासी दुबै मृगाैला पीडित लाल माया तामाङको उपचारार्थ समाजका सल्लाहकार सितामान वाईबा तामाङ र उपाध्यक्ष छिरिङ तामाङको अग्रसरतामा नेपाली रूपैयाँ…