Tuesday 1st September 2026

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा मदन पनेरू सर्वसम्मत चयन


गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले मदन पनेरूको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण पोखरेल, उपाध्यक्षमा कृष्ण बानियाँ, महिला उपाध्यक्षमा कुमारी गुरुङ, महासचिवमा बालकृष्ण भट्ट (विराज), सचिवमा अशोक श्रेष्ठ, सहसचिवमा गोमा भट्ट, कोषाध्यक्षमा काजीराम नहर्की र सह–कोषाध्यक्षमा शुशिला तामाङ सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै, युवा संयोजकमा विकास गुरुङ र सह–युवा संयोजकमा हित काजी जिसी चयन भएका छन्।

कार्यक्रम मदन पनेरूको सभापतित्वमा सम्पन्न भएको थियो भने नेपाली दूतावास कुवेतका द्वितीय सचिव तथा सूचना अधिकारी शिव बानियाँ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाति महासंघ कुवेत, विभिन्न राजनीतिक दलका वैदेशिक भातृ संगठन, नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

रोशन राईको सञ्चालन रहेको कार्यक्रममा कृष्ण बानियाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए। साथै, पन्चेबाजा तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो।

कार्यक्रमका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कुवेतको स्थानीय कानुन, नियम र परम्पराको पूर्ण सम्मान र पालना गर्नुपर्नेमा जोड दिएका थिए। कुवेतमा ९० भन्दा बढी नेपाली संघसंस्था स्थापना भए पनि सीमित संस्था मात्र सक्रिय रहेको उल्लेख गर्दै नवगठित गोरखा समाज कुवेतलाई निरन्तर सक्रिय रहन आग्रह गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष मदन पनेरूले रोजगारीका सिलसिलामा कुवेतमा रहेका गोरखालीहरूलाई एकताबद्ध गर्दै अन्य संघसंस्थासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गोरखाली पहिचान प्रवर्द्धन गर्दै सामाजिक र मानवीय सेवाका कार्यमा योगदान पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

“गोरखा हाम्रो सान, नेपालीको पहिलो पहिचान” भन्ने मूल नारासहित हालै स्थापना भएको गोरखा समाज कुवेतलाई सामाजिक सेवा तथा मानवीय कार्यमा सक्रिय रहने अपेक्षा गरिएको छ।

गोरखा समाज कुवेतको नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ ः

अध्यक्षः मदन पनेरू
व. उपाध्यक्षः कृष्ण पोख्रेल
महिला उपाध्यक्षः कुमारी गुरूङ
उपाध्यक्षः कृष्ण बानिया
महासचववः बालकृष्ण भट्ट ‘विराज’
सचिवः अशोक श्रेष्ठ
सह-सचिवः शुजप शाही ठकुरी
महिला सचिवः गोमा भट्ट
कोषाध्यक्षः काजीराम नहर्की
सह-कोषाध्यक्षः शुशिला तामाङ
युवा संयोजकः विकाश गुरूङ
सह-युवा संयोजकः हित काजी जि.सी.

सदस्यहरूः
प्रकाश बराम
गगन गुरूङ
मुना बराम
प्रकाश रोका
केश माया विश्वकर्मा
रितु क्षेत्री
मन्जु शाही ठकुरी
रञ्जन गुरूङ
विकाश सुनार

सल्लाहकारहरूः
गाैतम अमगाइं
सन्त बहादुर तामाङ
तुल बहादुर अाले (राजेन्द्र)
ज्ञान बहादुर नेपाली


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...