Saturday 20th June 2026

भारतको केरलामा रहेको सबरीमाला मन्दिरमा महिला पसेको निहुँमा उग्र प्रदर्शन, २ हजार भन्दा बढी पक्राउ


तितोपाटी – भारतको केरलास्थित सबरीमाला मन्दिरमा महिला प्रवेशपछि गरिएको विरोध प्रदर्शन जारी रह्यो । केरलाका विभिन्न स्थानमा प्रहरी तथा प्रदर्शनकारीबीच झडपहरू भएका छन् ।

झडपमा परी दर्जनौंघाइते छन् । प्रहरीले राज्यका विभिन्न स्थानमा शनिबार हिंसात्मक गतिविधिमा संलग्न २ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । अधिकारीहरूले हालसम्म पक्राउ गरिएकाको संख्या ३ हजार नाघेको छ ।

अधिकारीहरूले शनिबार भारतीय जनता पार्टीका राज्यसभा सदस्य भी मुरलीधरनको पुख्र्यौली घरमा बम विस्फोट गराइएको छ । विस्फोटपछि घर क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी राष्ट्रिय स्वंयसेवक संघको कान्नुरस्थित कार्यालयमा आगजनी गरिएको छ ।

गत बुधबार केरालास्थित सबरीमाला मन्दिरमा दुई महिला प्रवेश गरेपछि स्थानीय हिन्दु संगठनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । घटनाको विरोधमा हिन्दुवादी समूहहरूको छाता संगठन सबरीमाला कर्मा समितिले प्रदर्शनको नेतृत्व गर्दै आएको छ । भारतीय जनता पार्टी (भाजपा) ले विरोध प्रदर्शनको समर्थन गर्दै आएको छ ।

सबरीमाला मन्दिरमा करिब ८ सय वर्ष अघिदेखि रजश्वला हुने उमेरका महिलालाई रोक लगाइँदै आएको थियो । तर सर्वोच्च अदालतको आदेशअनुसार बुधबार २ महिलालाई प्रवेश गराइएपछि विरोध सुरु भएको हो ।

हिन्दुवादी संगठनले मन्दिरको परम्परा बचाउन महिलालाई मन्दिर प्रवेशमा रोक लगाउनुपर्ने बताउने गरेको छ ।

-एएफपी


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...