Saturday 10th May 2025

कपाल यति लामो कि जस्ले गिनिज बुक अफ वर्ल्ड रेकर्ड नै कायम गर्यो


तितोपाटी – महिलाको साैन्दर्यको एक पाटो कपाल हो । सर्लक्क परेको चम्किलो कालो कपालले मुहारको सुन्दरतामा निखार ल्याउँछ । तर हामी नेपाली महिलाहरूमा अाजकल पश्चिमा फेसनको भुत चढेको कारण कपाल छोटो बनाउने देखि प्राकृतिक कपालको स्वरूप विगारेर रंगीविरंगी कपाल बनाउनेको प्रतिस्पर्धा नै हुने गरेको छ । संसार भर पुरूषले कपाल काट्ने र महिलाले कपाल राख्ने प्रचलन उत्पतिकाल देखिको चलि अाएको हो । सोही कपाल पालीरहँदा यति लामो हुन्छ कि गिनिज बुक अफ वर्ल्ड रेकर्ड नै कायम गर्न सकिन्छ । हाम्रो समाजमा कपाल मुठार्ने होड चलिरहँदा भारतमा भने कपाल पालेकै कारण एक किशोरीले विश्वरेकर्ड कायम गर्न सफल भएकी छन् ।

भारतीय किशोरी नीलांशी पटेल, १६, ले १० वर्षदेखि कपाल काटेकी छैनन् । ६ वर्षकी हुँदा कपाल छोट्याउन खोज्दा बिग्रिएको झोँकमा उनले कहिल्यै नकाट्ने संकल्प गरेकी थिइन् । उनको पाँच फुट सात इन्च लामो कपाल हालै गिनिज बुकमा दर्ता भएपछि देशी-विदेशी सञ्चार माध्यममा थामी नसक्नु चर्चा छ ।

लामो कपालकै कारण गुजराती नीलांशीलाई उनका साथीहरुले चर्चित कार्टुन पात्र ‘राम्पुञ्जेल’ भन्दै आएका छन् । ‘मानिसहरु मलाई लामो कपालका कारण, समस्या उत्पन्न हुन्न ? भन्दै प्रश्न गरिरहन्छन् ।’ उनी मुस्कुराउँछिन्, ‘कपालकै कारण मलाई समस्या भएको छैन । धेरै खेल्छु र दौडधूपमा हुन्छु । कपाल मेरा लागि लक्की चार्म हो ।’ खेलकुदमा भाग लिँदा कपाललाई गुजुल्टो पार्ने गरेको उनले बताइन् ।


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...