Thursday 9th October 2025

क्यालिफोर्नियामा गोली चल्दा ३ जनाको मृत्यु


तितोपाटी – अमेरिकाको लस एन्जल्स नजिकै गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा स्थानीय समय अनुसार शुक्रबार राति करिब १२ बजे गोली चलेको प्रहरीले बताएकाे छ।

मृत्यु हुने तथा घाइते हुने सबै पुरुष रहेकाे बताइएकाे छ। घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।टोरेन्स प्रहरी विभागले ट्वीट गर्दैै स्थानीयवासीलाई बाहिर ननिस्कन आग्रह गरेको छ।

लस एन्जलसको मुख्य सहरी भागबाट घटनास्थल टोरेन्स करिब ३२ किलोमिटरको दूरीमा रहेको छ।अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा गोलीकाण्डमा परेर सन् २०१७ मा मात्र ४० हजारले ज्यान गुमाएका थिए।


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...