Thursday 27th August 2026

चीनको हुनान प्रान्तमा अत्याधिक हिमपातका कारण जनजीवन प्रभावित


तितोपाटी – चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन्। स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ। हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार एकसय जना बस्ने गरेकोमा झण्डै तीन हजार नौसय जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन्। हिमपातले झण्डै ५४ हजार दुई सय ८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ। यसले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

रामबहादुर बमजनका अनुयायीमध्ये एक नुवाकोटका सञ्चलाल वाइबा बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । रामबहादुर २०७१ असोज पहिलो सातादेखि ६ महिनासम्म यही आश्रम बसेका थिए । उनको यहीँ आश्रममा हत्या गरी गाडिएको अनुमानका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बमजनका अर्का अनुयायी सुरेश आले पनि यही आश्रमबाट हराएका थिए । त्यसैगरी आनीद्वय डोल्मो र चुन्मा पनि बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले खोजी थालेको हो । बमजनले आफ्ना अनुयायीहरुलाई यातना दिन लगाउँदा ज्यान गएको बताइएको छ । प्रहरीले यातनाका क्रममा ज्यान गुमाएका सञ्चलाललाई गाडिएको स्थान पत्ता लगाएर शव उत्खननका लागि फरेन्सिक विज्ञ पनि लिएर गएको हो ।

सबैभन्दा पहिले बाराको रतनपुरी जंगलमा तपस्यामा बसेका भनिएका बमजन सुरुबाटै विवादमा परेका थिए । उनीमाथि पुरुष अनुयायीलाई यातना र महिला अनुयायीलाई यौन हिंसा गरेको र ज्यानसम्म लिएको अभियोगसहितका उजुरी प्रहरीमा दर्ता भएका छन् ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...