Wednesday 16th September 2026

दर्शन ठकुरी समाज कुवेतद्वारा क्यान्सर पीडित एन्जिला शाहलाई आर्थिक सहयोग


तीतोपाटी डटकम  -क्यान्सर पिडित एन्जिला शाहलाइ दर्शन ठकुरि समाज कुवेतले आर्थिक सहयोग गरेको छ । समाजका सल्लाकार तथा सहयोग अभियानका संयोजक रुपेन हमालको अग्रसरतामा संकलित रक़म रु, १,०६,८००/- ( एकलाख छ हजार आठ सय ) सहयोग गरिएको हो ।

समाजका संरक्षक डम्बर जंग मल्ल साथै ठकुरी सहयोग संजालका अध्यक्ष राजा रेशम जुङ्ग शाहले आजै एन्जिलाका बुबा ओम विक्रम शाहलाई उक्त सहयोग रक़म हस्तान्तरण गरेको समाजका महासचिव राज मल्लले जानकारी दिएका छन ।

बर्दिया स्थाई घर भएकी पाठेघरको क्यान्सरबाट पिडित १५ वर्षे बालिका एन्जिला शाह हाल शिबिल हस्पिटल नया बानेश्वर काठमाण्डौ उपचारर्थ छिन । एन्जिला सहयोग अभियान सहयोग गर्नुहुने सबैलाइ विषेश धन्यबाद दिदै समाजका अध्यक्ष एल. बि हमालले प्रवासबाटै भएपनि सहयोग अभियानलाइ निरन्तरता दिदै जाने बताएका छन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका डिजेल भण्डार र ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। ट्रम्पका…

लिथुआनियाको आकाशमा प्रवेश गरेको एक ड्रोनलाई NATO का लडाकु विमानहरूले खसालेका छन्। अधिकारीहरूका अनुसार यो पहिलो पटक हो जब लिथुआनियाको…

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

प्रतिकृयाहरू
...