Friday 9th October 2026

गरिब तथा विपन्न परिवारका बच्चाहरुको शिक्षाका लागि आर्थिक सहयोग 


तितोपाटी – कुवेतमा लामो समय देखि कार्यरत छबिराम सुनारको सक्रियतामा गरिब तथा विपन्न परिवारका बच्चाहरुको शिक्षाको लागि आर्थिक सहयोग गरिएको छ ।

बिश्वकर्मा समाज बौदीकालि नवलपुरका बिदेश संयोजक छबिराम सुनारको विशेष पहलमा गरिब तथा विपन्न परिवारको बच्चाहरुको शिक्षाको लागी कुवेतमा कार्यरत नेपालीहरु द्वारा संकलित रकम रु १२ हजार सहयोग गरिएको हो ।

बाैदीकालि नवलपुरमा हालसालै मात्र स्थापना भएको बिश्वकर्मा समाजले गरिब तथा विपन्न परिवारको बालबालिकाको शिक्षामा पहुँच पुर्याउने उदेश्यले आर्थिक संकलन गरिरहेको हुँदा बिदेश संयोजक छबिराम सुनारले पनि कुवेत बाट आर्थिक संकलन गरि  बिश्वकर्मा समाज बौदीकालि नवलपुरका अध्यक्ष बिर बहादुर बिकलाई अलमूल्ला एक्सचेन्जबाट रकम पठाईएको छबीराम सुनारले तितोपाटी लाई जानकारी दिएका छन ।

बौदीकालि नवलपुरमा गरिब भएकै कारण धेरै बालबालिकाहरु शिक्षा बाट बन्चित हुनु पर्ने अवस्था सिर्जना भए पछि बिश्वकर्मा समाजले उनीहरुको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले आर्थिक संकलनको अभियान शुरु गरिरहेको हुँदा यस अभियानमा सहयोगको लागि देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई सुनारले अनुरोध समेत गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...