Thursday 9th October 2025

नेपालीको भिसा शुल्क घटाउँदै अमेरिका


तीतोपाटी-अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘अमेरिकाले भिसा प्रोसेसिङका लागि लिँदै आएको थप दुई सय डलर हटाउन आग्रह गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसमा अमेरिकी पक्ष सकारात्मक छ ।’

पटक–पटक भएको छलफलमा अमेरिकी अधिकारीहरू अतिरिक्त शुल्क हटाउन सहमत भएपछि नै भिसा पारस्पारिकतासम्बन्धी प्रस्ताव अघि बढाइएको गृह मन्त्रालय स्रोत बताउँछ । अमेरिका शुल्क घटाउन तयार भएपछि नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको हो ।

अमेरिकाले अध्ययनका लागि भिसा प्रक्रियामा सहभागी नेपाली विद्यार्थीसँग भिसा नलागे पनि तीन सय ६० डलर लिँदै आएको छ । पारस्पारिकतापछि ठूलो राहत मिल्ने गृहका अधिकारी बताउँछन् ।

त्यस्तै, पर्यटक भिसामा जानेहरूले दुई सय २० डलर तिर्दै आएका छन् । भिसा पारस्पारिकतापछि उनीहरूले एक सय ६० डलर मात्र तिरे पुग्छ ।


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...