Wednesday 15th April 2026

नेपालीको भिसा शुल्क घटाउँदै अमेरिका


तीतोपाटी-अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘अमेरिकाले भिसा प्रोसेसिङका लागि लिँदै आएको थप दुई सय डलर हटाउन आग्रह गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसमा अमेरिकी पक्ष सकारात्मक छ ।’

पटक–पटक भएको छलफलमा अमेरिकी अधिकारीहरू अतिरिक्त शुल्क हटाउन सहमत भएपछि नै भिसा पारस्पारिकतासम्बन्धी प्रस्ताव अघि बढाइएको गृह मन्त्रालय स्रोत बताउँछ । अमेरिका शुल्क घटाउन तयार भएपछि नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको हो ।

अमेरिकाले अध्ययनका लागि भिसा प्रक्रियामा सहभागी नेपाली विद्यार्थीसँग भिसा नलागे पनि तीन सय ६० डलर लिँदै आएको छ । पारस्पारिकतापछि ठूलो राहत मिल्ने गृहका अधिकारी बताउँछन् ।

त्यस्तै, पर्यटक भिसामा जानेहरूले दुई सय २० डलर तिर्दै आएका छन् । भिसा पारस्पारिकतापछि उनीहरूले एक सय ६० डलर मात्र तिरे पुग्छ ।


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...