Thursday 27th August 2026

सोमालियामा अमेरिकी सेनाको हवाइ अाक्रमण, ६२ जनाको मृत्यु


तितोपाटी – सोमालियामा अमेरिकी सेनाको ६ हवाई हमलामा इस्लामिक समूह अल–शबाबका ६२ लडाकू मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । शनिबार भएका चार हवाई हमलामा ३२ लडाकू मारिएका थिए र आइतबारको अन्य दुई हवाई हमलामा २८ लडाकू मारिए ।

सन् २०१७ नोभेम्बरदेखि सोमालियामा यस्ता थुपै हमला गरिँदै छन् । अमेरिकाका अनुसार यी हमलामा कम्तीमा सय लडाकू मारिएका छन् ।

अमेरिकामा डोनल्ड ट्रम्प आएपछि सोमालियामा यस्ता थुप्रै हमला भइसकेका छन् । ब्यूरो अफ इन्भेस्टिगेशन जर्नलिजमको आँकडा अनुसार सन् २०१७ मा सुरु भएको यो हमलामा कम्तिमा चार सय मारिए ।

यो आँकडा पछिल्लो १० वर्षमा मारिएका मानिसभन्दा पनि धेरै हो । अमेरिकाको जिबुतीमा ठूलो सैन्य स्थल छ र हमला यतैबाट गरिँदै छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...