Sunday 21st December 2025

सोमालियामा अमेरिकी सेनाको हवाइ अाक्रमण, ६२ जनाको मृत्यु


तितोपाटी – सोमालियामा अमेरिकी सेनाको ६ हवाई हमलामा इस्लामिक समूह अल–शबाबका ६२ लडाकू मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । शनिबार भएका चार हवाई हमलामा ३२ लडाकू मारिएका थिए र आइतबारको अन्य दुई हवाई हमलामा २८ लडाकू मारिए ।

सन् २०१७ नोभेम्बरदेखि सोमालियामा यस्ता थुपै हमला गरिँदै छन् । अमेरिकाका अनुसार यी हमलामा कम्तीमा सय लडाकू मारिएका छन् ।

अमेरिकामा डोनल्ड ट्रम्प आएपछि सोमालियामा यस्ता थुप्रै हमला भइसकेका छन् । ब्यूरो अफ इन्भेस्टिगेशन जर्नलिजमको आँकडा अनुसार सन् २०१७ मा सुरु भएको यो हमलामा कम्तिमा चार सय मारिए ।

यो आँकडा पछिल्लो १० वर्षमा मारिएका मानिसभन्दा पनि धेरै हो । अमेरिकाको जिबुतीमा ठूलो सैन्य स्थल छ र हमला यतैबाट गरिँदै छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...