Tuesday 20th October 2026

फ्रान्समा संदिग्ध बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु


तितोपाटी – मंगलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले दिएको खबरअनुसार फ्रान्सको स्ट्रासबर्ग शहरको एक क्रिसमस मार्केटमा मंगलबार स्थानीय समय राति ८ बजे एक संदिग्ध बन्दुकधारीले गोली चलाएका थिए ।

सडकमा रहेका ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै फायर गरेका थिए । फायरपछि ज्यान जोगाउन भागदौड मच्चिएको थियो ।

गस्तीमा रहेका सुरक्षाकर्मीले जवाफी फायर गरी आक्रमणकारीलाई घाइते बनाएको भएपनि नियन्त्रणमा लिन भने नसकेको फ्रान्स प्रहरीले उद्धृगर्दै एएफपीले खबर दिएको छ ।

शहरका मेयरले ४ जनाको मृत्यु भएको र घाइते मध्ये तीन, चार जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

बन्दुकधारीको पहिचान भएको र उनी पहिलेदेखि उच्च निगरानीमा रहेको चरमपन्थी समूहका व्यक्ति रहेको बताइएको छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...