Sunday 21st December 2025

फ्रान्समा राष्ट्रपतिको राजिनामा माग गर्दै हिंसात्मक प्रदर्शन


तितोपाटी – फ्रान्समा राष्ट्रपति इम्यानुअल म्याक्रोन राजीनामा माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये १ हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ। पक्राउ परेकामध्ये एक हजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ। शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएको बताइएको छ। प्रदर्शनका क्रममा भएको झडपमा परी १३५ जना घाइते समेत भएका छन्।

गत महिना इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरुले राष्ट्रपति कै राजीनामा माग्न थालेका छन्। प्रहरीले युवाले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शन स्थलमा ठूलो संख्यामा प्रहरी खटाएको जनाएको छ। प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका छन् भने उनीहरुले राजमार्गमा नै प्रदर्शन गर्दै सर्वसाधारण मानिसलाई बाटो हिँड्न समेत दिएका थिएनन्।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...