Saturday 26th July 2025

साप्ताहिक राशिफल (मंसिर २१ गते देखि २७ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

राम्रा अवसर र शुभ समाचारले साता अनुकूल बनाउनेछन् । अभिभावकको वचन परिवर्तनले मनमा चोट पुर्‍याउन सक्छ । महत्वपूर्ण निर्णय गर्दा संयम अपनाउनुहोला । सामाजिक–सार्वजनिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने मंगलबारपछि पूर्व दिशाको सभा–सम्मेलन तथा जनसम्पर्कले सार्थक परिणाम दिनेछ ।

वृष 

आफ्नो पहिरनले अरूको मन आकर्षित गर्नेछ । सानो लगानीमा गतिलो आम्दानी हात पर्दा अभिभावकहरू दंग पर्नेछन । रोकिएको व्यवसायमा साझेदारको सहयोगमा पुन: प्रयत्न गर्दा सफलता प्राप्त होला । साताको अन्त्यतिर ठूलो खर्चको चपेटामा परिनेछ । पूर्वको यात्राले विशेष फाइदा पुर्‍याउन सक्छ ।

मिथुन 

विशिष्ट व्यक्तिहरू उपस्थित कार्यक्रममा सहभागी भइनेछ । मन पराउनेहरूबीच चर्काचर्की भै मानसिक तनाव सिर्जना सक्छ । कम बोले उक्त समस्या स्वत: निर्मूल हुनेछ । अकस्मात् विदेश यात्राको साइत जुर्न सक्छ । भ्रमण फाइदाजनक नै हुनेछ । पहिलेदेखिको कार्यक्षेत्र परिवर्तन होला ।

कर्कट

कार्य सम्पादनको सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । बाधाहरू हट्दै भैतिक सुख–सुविधा जुट्नेछ । घरायसी व्यवहारमा संलग्न नहुनु नै उपयुक्त हुन्छ । वृद्ध तथा अपांगहरूको सेवाले प्रतिष्ठा प्रदान गर्नेछ । रातो पहिरन प्रयोग गर्दा प्रतिस्पर्धीहरू पछि पर्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँगको भेटले थप प्रेरणा दिनेछ ।

सिंह 

साताको प्रारम्भसँगै पूर्वतर्फको यात्रा हुन सक्छ, जसमा परिणाममुखी कार्य सम्पन्न गर्न सकिनेछ । वनभोज एवं मनोरञ्जक कार्यक्रममा सहभागी हुँदा टाढिएका मित्रबीचको सम्बन्ध पुन: नजिकिनेछ । सुनौलो रंगको प्रयोगले नचिताएको परिणाम प्राप्त होला । सभा–सम्मेलनको उपस्थितिले जनसम्पर्क वृद्धि गर्नेछ ।

कन्या 

योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । विभिन्न किसिमका तालिममा सहभागी हुने अवसर पाइएला । बुधबार र बिहीबार बाध्यात्मक रूपमा दक्षिण तर्फको सामाजिक कार्यक्रममा उपस्थित हुनुपर्नेछ, जसमा सम्मानित हुने सम्भावनासमेत छ । यात्रा गर्दा समयको ख्याल गर्नु होला ।

तुला  

मन पराउनेहरूसँग वादविवाद नगर्नुमै आफ्नो हित छ । कामको हेक्का नराख्दा अरूले उछिन्न सक्छन् । पश्चिमतर्फको आकस्मिक भ्रमणबाट मनोरञ्जनसहित आर्थिक लाभसमेत हात लाग्ने सम्भावना छ । घुमफिर गर्दा फजुल खर्च भए पनि नयाँ अनुभव बटुल्ने अवसर पाइनेछ ।

वृश्चिक 

आ–आफ्नो हठका कारण प्रेमी–प्रेमिकाबीच उत्पन्न खटपट साताको अन्त्यमा स्वत: निर्मूल हुनेछ । आफ्नो क्षमताको बलमा जिम्मेवारीपूर्ण कार्य सम्पन्न गरी पदोन्नतिको ढोका खोल्न सकिनेछ । बाहिरी कुराले पारिवारिक वातावरण खलवल्याउन सक्छ, अर्काको कुरा विश्वास नगर्नुहोला ।

धनु 

नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । स्थान परिर्वतन गरी थालेको व्यवसायले मनग्य लाभ दिनेछ । झिनामसिना समस्या साथीहरूको सहयोगबाट निराकरण गर्न सकिनेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा स्वास्थको विशेष ख्याल राख्नुहोला ।

मकर 

सामाजिक हकहितका निम्ति समय खर्चिनुपर्नेछ । विचार नगरी अरूलाई वचन दिँदा अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्छ । नयाँ व्यवसायमा हात हाल्दा अभिभावकको सुझाव आत्मसात गर्नुहोला । ढिलै भए पनि सहि बाटो पहिल्याइनेछ । साताको अन्त्यमा खानपानमा फेरवदल भै स्वस्थ्य प्रतिकूल हुनसक्छ ।

कुम्भ 

आम्दानीका राम्रै स्रोत हात लागे पनि खर्चको क्रम रोक्न सकिनेछैन । पारिवारिक मन्तान्तरका बाबजुद तपाईंको विचार नै अनुमोदन हुनेछ । साथीहरूको सुझावबाट रोजगारीको मार्ग पहिल्याउन सकिनेछ । सूर्यको आराधनाले काम सम्पन्न गर्न सहज बनाउनेछ । रात्रिकालीन यात्रामा सावधानी अपनाउनु होला ।

मीन

पर्यटकिय क्षेत्रको वनभोजमा सहभागी भइनेछ, जसमा लामो समयदेखि भेटघाट तथा सम्पर्क नभएका साथीभाइसँग भलाकुसारी हुनेछ । मौसमी फेरबदलबाट आइलाग्ने सानातिना शारीरिक पीडाले पिरोल्ने सम्भावना छ । आहार–विहारमा संयम अपनाउनु नै उचित हुन्छ ।


सम्बन्धित शीर्षकहरु

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

प्रतिकृयाहरू
...