Sunday 21st December 2025

अफगानिस्तानमा भएको अात्मघाती बम हमलामा कम्तीमा ५० जनाको मृत्यु, ८३ घाइते


तितोपाटी – अफगानिस्ताको राजधानी काबुलमा आत्मघाती बम हमला हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् । इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको धार्मिक कार्यक्रम लक्षित आतंककारी आक्रमण भएको हो ।

सो कार्यक्रममा प्रतिष्ठीत धर्मगुरुहरु सहित हजारभन्दा बढी मानिसहरु समावेश थिए । गम्भीर घाइतेको संख्या धेरै रहेकाले मृतकको संख्या बढ्न सक्ने छ बताइएको छ । काबुलमा हालैको महिनामा भएको यो सबैभन्दा ठूलो आक्रमण हो । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समुहले नलिए पनि तालिवान अथवा आइएस लडाकुले यो आक्रमण गराएको हुनसक्ने आशंका गरिएको छ ।

घटनास्थलमा कम्तीमा एक हजार जना उपस्थित रहेको बुझिएको छ भने घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन तर अफगानिस्तानमा तालिबान, इस्लामिक स्टेट लगायत आतंकवादी समूहले बेला बेलामा बम विस्फोट गराउँदै आएका छन्।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...