Thursday 9th October 2025

श्रीलंकामा राजनीतिक संकट समाधानका लागि राष्ट्रपतिद्वारा वार्ता अाह्वान


तितोपाटी – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन्। गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ। राष्ट्रपति सिरिसेनाले महिन्द्रा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्ति अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिङ्घेले अदालतमा मुद्दा दायर गरेका थिए। साथै, पुनर्स्थापित संसदले मतदान गरी राजापाक्षलाई पदबाट हटाएको छ। रनिल विक्रमासिङ्घेले आफू अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गर्दै अाएका छन्।

गतसाता राजापाक्ष पक्षधरका सांसदहरुले अविश्वासको प्रस्तावमाथि छलफल हुन नदिन संसदमा फर्निचर तोडफोड गर्नुका साथै विपक्षीहरुमाथि खोर्सानीको धूलो फालेका थिए।

राजापाक्षका विपक्षमा शुक्रबार भएको दोस्रो मतदानपछि विक्रमासिङ्घेले आफ्नो सरकार पुनर्स्थापित हुनुपर्ने माग गरेका थिए, तर राष्ट्रपति सिरिसेनाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन। विक्रमासिङ्घेले श्रीलंकामा स्थायित्व आवश्यक रहेको बताउँदै संवैधानिक सङ्कट निम्त्याउने गरी शक्ति सङ्घर्ष भएपनि आफू राष्ट्रपतिसँग मिलेर कार्य गर्न तयार रहेको स्पष्ट गरेका छन्।

राष्ट्रपतिले विक्रमासिङ्घेलाई पदच्यूत गरेपछि नोभेम्बर ९ मा संसद समेत विघटन गरेका थिए, तर सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद पुनर्स्थापना गरेको थियो।


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...