Saturday 31st October 2026

लेस्बियनको कथामा रीमा र वेनिशाको केमेष्ट्री सुहायो


तितोपाटी – पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्।

प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।

‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ।

भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ। उत्तम हुमागाईले छयांकन गरेको भिडियोके सम्पादन प्रविन श्रेष्ठले गरेका हुन्। भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो।

 


सम्बन्धित शीर्षकहरु

डोल्पा जिल्लाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। शुक्रबार राति भएको यो घटनापछि प्रहरीले…

लगातार परेको वर्षाका कारण मकवानपुरका विभिन्न ठाउँमा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन्। यसले यात्रा…

चक्रवात ‘अर्नब’ को प्रभावले मुस्ताङको उपल्लो क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा लगातार वर्षा भएको छ। हिमपातका कारण नेपाल–चीन सीमा…

प्रतिकृयाहरू
...