तितोपाटी – प्रतिनिधिसभा संचालन नियमावली पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो ।
फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बन नहुने ब्यवस्थासहित प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेकाे हाे ।
यसअघि निलम्बनको ब्यवस्था हुनुपर्ने माग राख्दै संशोसन हाल्ने सांसदहरुले समेत संशोधन फिर्ता लिएपछि नियमावलीमा निलम्बन भन्ने शब्द नराखेको हो।
यो ब्यवस्थाले फौजदारी अभियोगमा थुनामा रहेका सांसद माननीयकै रुपमा रहने भएको छ।
निलम्बन हुनुपर्ने पक्षमा जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालमात्रै थिए। नियमावली लामो समय विवाद भएर रोकिएको थियो।