Tuesday 29th July 2025

संसारकै पहिलो अन्डरवाटर होटल माल्दिभ्समा


तितोपाटी – संसारको पहिलो अन्डरवाटर होटल माल्दिभ्समा खुलेको छ । यहाँ बस्न चार रातको प्याकेज दुई लाख डलर अर्थात् दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ । यद्यपी, यहाँ एक रात बस्ने सुविधा नदिई पूरा प्याकेज लिन आवश्यक छ । समुन्द्रभित्र यो होटललाई मारदिभ्स रंगाली आइसल्याण्ड एण्ड रिसोर्टले बनाएको छ ।

अण्डरवाटर होटलको बेडरुमको भित्ता सिसाले बनेको छ । जहाँबाट समुन्द्रको दृश्य देख्न सकिन्छ । समुन्द्रको १६ फिट गहिराइमा बनेको यो होटलमा प्राइभेट जिम, सेफ, बार र पूलजस्ता विलासी सुविधा उपलब्ध छन् । मुराकमा बस्नेहरुका लागि ९० मिनेटको मसाज र स्पिड बोटको सुविधा पनि रहेको छ ।

दुई तल्ले यो होटलको नाम ‘मुराका’ राखिएको छ । स्थानीय भाषामा यसको अर्थ हो समुन्द्री मुगा । मुराकाको माथिल्लो तल्लो पानी बाहिर बनेको छ जहाँको रिल्याक्सेशन डेकमा पाहुनाले मज्जाले घाम ताप्न सक्छन् ।

मुराकालाई बनाउँदा वातावरणको पूरा ख्याल राखिएको छ । यसमा स्टिल, ग्लास, एक्रेलिक र कंक्रिटको प्रयोग गरिएको छ । सिंगापुरमा यसलाई तयार गरेर विशेष जहाजबाट माल्दिभ्स ल्याएर समुन्द्रभित्र सेट गरियो । तीब्र छालबाट बचाउनका लागि यसलाई बलियो खम्बाले बाँधिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

प्रतिकृयाहरू
...