Tuesday 30th April 2024

कुवेतको नेपालीहरूको तिहार


बसन्त थापा, कुवेत- तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै कुवेतमा कार्यरत नेपालीले आ आफ्नो क्षत्रबाट टीका थापेका छन् । 

दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहा“का नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् । 

त्यसरी नै नेपाल कुवेत सांस्कृतिक मंच कुवेतले देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा संस्थामा आवद्ध , रहेका तथा अन्य व्यक्तिहरूको सामूहिकरूपमा कलाकारहरुले गीत, नृत्यका साथै देउसीभैलो कार्यक्रम गरी तिहार भब्यरूपले मनाएको आयोजकले जानकारी दिएको छ

कुवेत स्थित धेरै स्थानमा समूह बनाएर सामूहिकरुपमा खेलेको देउसी भैलोमा तडक भडक र बढ्दो विकृति हटाउने र  परम्परागत महत्व झल्काउन एकापसमा को कहा“बाट आएको र के जात हो भनेर कसैले सोधेनन्  भने जानेको नेपाली कला संस्कार प्रस्तुत गरी देशमा दिगो शान्तिको कामना गरेका छन् । 

एकताको सन्देश दिन नचिनेको र टाढाको सम्बन्धलाई एकापसमा टीका लगाएर नजिक बनाउने प्रयास गरिएको योपटकको भाइटीका साइत छिटो भएकाले धेरैले कुवेती समयअनुसार बिहान ११ पछी टिका लगाए । 

बढ्दो नेपालीको उपस्थितिसँगै फरवानिया, फाहिल, जिलिब, लगायतका स्थानहरूमा नेपालीले पञ्चाङ्ग निर्णायक समितिको साइत ११ बजेर ५५ मिनेटको शुभकार्य रहेता पनी कुवेतमा भने कुवेतको समयअनुसार ११ बजे टीका लगाएका हुन् । 

कार्य व्यस्त रहेकाले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टीका लगाएको कतीपयले भने सही समयमा टिका लगाएको दृष्य सामाजिक सञ्जालमा देख्न सकीन्छ।

नेपालीले नेपालमा जस्तै सेलरोटी,फिनी, लड्डु, रसबरीलगायतका मीठा परिकार बनाएको र मादल, गितारमा भटाएर नाचेको परम्परागत देउसी भैलोमा निकै उत्साहित भएका थिए । 

तिहारलाई लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएको थियो भने उक्त समाग्रि किन्नेहरूको उत्तिकै भीड देखीन्थ्यो।

यसै क्रम्मा पत्रकार महासंघ साखा कुवेतका अध्यक्ष हरीकृष्ण न्यौपानेका अनुसार अरु वर्ष भन्दा यस पालिको तिहार कुवेतमा कार्यरत नेपाली हरूले भव्यरूपमा मनाएको बताउएका छन, आगामी वर्षहरूमा पनी नेपालीले यसरीनै एक एकापसमा भाईचरा क़ायम राख्न सम्पूर्ण नेपाली हरूलाई अनुरोध गरेका छन। 


सम्बन्धित शीर्षकहरु

इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पहाडले स्वर्गलाई चुम्बन गरेको जस्तो देखियो बिहानीको उज्यालोमा समुद्रको किनारमा बस्नु पर्‍यो मैले तिमीलाई नदेखेसम्म पर्खेर बसे एउटा मिठो सपना…

प्रतिकृयाहरू
...