Monday 13th April 2026

भारतले ३० अर्व रूपैयाँमा विश्वकै सबैभन्दा अग्लो मुर्ति बनायो


तितोपाटी – भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ। १८२ मिटर अग्लो ‘स्टाच्यु अफ युनिटी’ को निर्माणमा भारतले २९ अर्ब ८९ करोड (४७ अर्ब ५० करोड नेपाली रुपैयाँ) खर्च गरेको हो । यो मूर्तिको प्रम मोदीले बुधबार एक कार्यक्रमबीच अनावरण गरेको छ। पटेलको १४३ औँ जन्म जयन्तीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य समारोहबीच यो मूर्तिको अनावरण गरेका हुन् । यस क्रममा प्रम मोदीले कौटिल्यको कुटनीति र शिवाजीको शौर्यको मिलनका रुपमा सरदार पटेललाई व्याख्या गरे ।

मोदीले सबैजनाले भारत बिग्रिएको टिप्पणी गरिरहेका बेला सरदार पटेल मात्रै आशाका किरण रहेको पनि टिप्पणी गरे । आफ्नो उचाईका कारण यो प्रतिमा अब विश्वकै सबैभन्दा अग्लो मूर्ति भएको छ ।

विश्वमा अब दोस्रो अग्लो मूर्ति चीनस्थित स्प्रिङ्ग टेम्पलमा बुद्धको मूर्ति रहेको छ । जसको उचाई १५३ मिटर छ । सरकारले आम्दनीका लागि अब यो मूर्ति हेर्न टिकट पनि लगाउने भएको छ ।

यो प्रतिमा नर्मदा नदीमा रहेको सरदार सरोवर बाँधबाट ३.५ किलोमिट दूरीमा रहेको छ । मूर्ति बनाउन कम्पनी एलएन्डटीका मुख्य कार्यपालक अधिकारी एबम् प्रबन्ध निर्देशक एस एन सुब्रमण्यनले भने, “स्ट्याच्यु आफ युनिटी जहाँ राष्ट्रिय गौरव र एकताको प्रतीक भएको छ । अर्कातिर भारतको इन्जिनियरिङ्ग कौशल तथा परियोजना प्रबन्धन क्षमताको सम्मान पनि ।’ यस मूर्तिका प्रमुख शिल्पकार ९२ वर्षीय राम वी सुतार हुन् ।

सरदार पटेलको स्ट्याच्यु अफ युनिटी हेर्न ३०५ भारतीय रुपैयाँ खर्च गर्नुपर्ने छ । साथै घुम्नेले परिसरसम्म बसको सुविधा लिने हो भने ३० रुपैयाँ अतिरिक्त तिर्नुपर्नेछ ।

लर्सन एन्ड टर्बो र राज्य सरकारको सरदार सरोवर नर्मदा निगम लिमिटेडले २५० इन्जिनियर, ३,४०० मजदुरको सहयोगमा चार वर्षमा यो मूर्ति बनाइएको हो । प्रतिमा निर्माणका लागि भारतका साथै चीनका पनि शिल्पकार लगाइएको थियो ।

स्ट्याच्यु अफ युनिटीको जम्मा तौल १७०० टन रहेको छ । यसको उचाई ५२२ फिट अर्थात १८२ मिटर रहेको छ। यो प्रतिमाको खुट्टाको उचाई ८० फिट, हाको उचाई ७० फिट, काँधको उचाई १४० फिट र अनुहारको उचाई ७० फिट छ ।

यस मूर्तिको निर्माण ९२ वर्षीय राम वी सुतारको रेखदेखमा भएको हो । देश-विदेशमा आफ्नो शिल्प कलाले प्रख्यात छन् राम वी सुतार । उनलाई सन् २०१६ मा सरकारले पद्म भूषणबाट सम्मानित गरेको थियो ।

अहिलेसम्म चीनस्थित स्प्रिङ्ग मन्दिरस्थित १५३ मिटर अग्लो बुद्ध प्रतिमा अहिलेसम्मकै अग्लो मूर्ति थियो । तर सरदार वल्लभ भाई पटेलको प्रतिमाले चीनको मूर्तिलाई पछि छाडेको छ । १८२ मिटर अग्लो ‘स्ट्याच्यु अफ युनिटी’ को उचाई न्यूयोर्कको ९३ मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ भन्दा दुई गुणा छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...