Thursday 27th August 2026

अाकस्मिक हिमपातका कारण फान्समा यातायात र विद्युत अापुर्ती असहज


तितोपाटी –  फ्रान्सको उत्तरपूर्वी तथा मध्यदक्षिणी क्षेत्रमा मंगलबार रातभर व्यापक हिमवर्षा भएको छ । हिम वर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ । सडकमा एक्कासि परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिम वर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् ।

मंगलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरहरुमा विद्युत आपूर्ति अवरूद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएका छन् । जमेको हिउँका कारण ठाउँठाउँमा रेल सेवा पनि अवरूद्ध भएको छ । फ्रान्सको राज्य सञ्चालित रेल सेवा कम्पनीले बाटोमा फसेका रेललाई हिउँ हटाएर बुधबार अपरान्ह्सम्म सञ्चालनमा ल्याउने पहल थालेको जनाएको छ ।

फ्रान्सको मौसम विज्ञान विभाग, मेटेओ फ्रान्सले उत्तरी तथा पूर्वी क्षेत्रमा रहेका मुलुकका पाँच क्षेत्रलाई हिमबर्षाका कारण सामान्य खतराको सूचीमा राखी सर्वसाधारणलाई सचेत हुन अनुरोध गरेका छन् । फ्रान्समा बुधबार विहानसम्म निकै चिसो रहने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...