Thursday 9th October 2025

इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति


तितोपाटी – इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छन्। इथियाेपियाका दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको हाे।

निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि ज्वदे नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी छन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सवै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताइन। उनले यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिका रूपमा काम गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेलेकाे भन्दै प्रशंसा हुने गरेको थियो। अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गरेकी उनलार्इ इथियोपियामा सम्मानित र प्रतिष्ठित कुटनीतिज्ञका रुपमा चिनिन्छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...