Saturday 24th October 2026

कोरियामा एक नेपाली कामदारको हृदयघात पछि उपचारको क्रममा मृत्यु


तितोपाटी – कोरियामा एक नेपाली कामदारको उपचारको क्रममा मृत्यु भएको छ । दक्षिण कोरियाको जिन्जु शहर स्थित अस्पतालमा उपचारर्थ दोलखा गौरीशंकर गाउँपालिका ९ घर भएका आङकामी शेर्पाको शुक्रबार निधन भएको छ । मृतक शेर्पा करीब एक महिनाअघि हृदयघात भएपछि उपचार गराइरहेका थिए ।

अस्पताल भर्ना भएदेखि नै घाँटीभन्दा माथिको भाग नचलेका शेर्पालाई शुक्रबार विहान आठ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ४३ वर्षीय शेर्पा २०१६ मा कोरिया आएका हुन् ।

शेर्पाको शव नेपाल पठाउन र अस्पतालको खर्चको लागि दोलखा समाजको नेतृत्वमा आर्थिक सहयोग संकलन शुरु गरिएको छ । अस्पतालको उपचार खर्च ४ करोड वन (करिब रु. ४० लाख) पुगेको छ । शनिबार र आइतबार दुई दिन मात्र आर्थिक संकलन गरिने समाजका अध्यक्ष सुरज केसीले बताए ।

शेर्पाको शव जिन्जु शहरबाट सउल सारिने तयारी भइरहेको छ । उपचारका क्रममा अमेरिकाबाट आएका शेर्पाका बहिनीको सहमतिमा शवलाई नेपाल पठाउन लागिएको हो ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...