Monday 15th December 2025

पतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी


तिताेपाटी – साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो ।

उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहित पनि थिए । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई पतिले नै दिल्लीसम्म पुर्‍याएका थिए । अध्यागमन विभागले रोकटोक गर्ने सम्भावनालाई ध्यानमा राखी पतिहरु साथै गई दिल्ली पुरेयाएर फर्किएका थिए ।

कुबेत इजराय, इराकजस्ता मुलुक पुग्ने उद्देश्यले भारत पुगेका महिला भने आफ्नो उद्दारप्रति असन्तुस्ट थिए । ती महिलामध्ये आठ जना नेपाल आउन मानेन् भने नेपाल आएकामध्ये अधिकांशले प्रहरीसँग असन्तुष्टि पोखे ।

समाचारमा लेखिएको छ, महिला भारत वा अन्य देशको बाटो हुँदै खाडी राष्ट्रमा पुग्ने गरेका छन् । मासिक ३० हजारभन्दा माथि आम्दानी हुने जानकारीकै भरमा महिलाहरु तस्करको हातमा पर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले देखाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स सन् १९५८ मा स्थापना भएर देशको पहिलो राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रूपमा उदाएको थियो। त्यसबेलाको गौरवशाली…

बंगलादेश सेनाले भनेको छ कि सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईमा रहेको संयुक्त राष्ट्रसंघको बेसमा भएको "आतंकवादी" आक्रमणमा…

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

प्रतिकृयाहरू
...