Thursday 27th August 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ सियोल शान्ति पुरस्कारबाट सम्मान गरिने


तितोपाटी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिओल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। ‘मोदीनोमिक्स’ (मोदी अर्थतन्त्र) मार्फत भारत र विश्वको अर्थतन्त्र उकास्न योगदान गरेको भन्दै मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो। ‘मोदीनोमिक्स’ मार्फत उनले भारतमा धनी र गरिवबीचको आर्थिक एवं सामाजिक बाधा न्यूनीकरण गर्न उनको कामको प्रसंशा गर्दै पुरस्कृत गरिएको हो।

कोरियासँग भारतको साझेदारी बढ्दो गतिमा रहेका बेला आफूलाई पुरस्कृत गरेकोमा कोरियाप्रति आभार प्रकट गर्दै मोदीले पुरस्कार स्वीकार गरेको बताएका छन्। यो पुरस्कार पाउनेमा मोदी १४ औं एवं भारतीय नागरिकमा पहिलो पात्र बनेका छन्।

भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिओल शान्ति पुरस्कार कमिटिले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न, उदियमान विश्व अर्थतन्त्र उकास्न, भारतीय मानव संशाधनको विकास गर्न र सामाजिक सद्भाव एवं भ्रष्टाचार विरोधी अभियान मार्फत लोकतन्त्रको विकासमा सघाउ पुर्याउने प्रधानमन्त्री नरेन्द्र मोदीको समर्पणका लागि यसवर्षको सिओल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।’

सन् १९९० मा सिओलले २४ औं ओलम्पिक खेल आयोजना सफलतापूर्वक सम्पन्न गरेको अवसरमा दक्षिण कोरियाली जनताको शान्ति प्रतिको अगाध चाहना पुर्नपुष्टि गर्न यो पुरस्कार स्थापना गरिएको थियो। स्वर्णपत्र सहित २ लाख डलर राशीको यो पुरस्कार यसअघि संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नान, जर्मन चान्सलर एञ्जेल मर्केल, अन्तर्राष्ट्रिय राहत संस्था डक्टर विदाउट बोर्डर र अक्सफामले पाइसकेका छन्। मोदीको अनुकूल समय मिलाएर उनलाई पुरस्कार प्रदान गरिनेछ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...