Friday 9th May 2025

फुटबलको विकासको लागि नेपाल र कतार बिच ५ वर्षे सम्झाैता


तितोपाटी – फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ। कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ। दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदान प्रदान हुनेछ। त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ।

कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो। हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ। सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्मा हाल दोहामा छन्। यसअघि एन्फाले जापान फुटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी जुन २७, २०२५ (शुक्रबार) का दिन १६औँ स्थापना दिवस अवसरमा “श्रमिक सचेतना कार्यक्रम”…

भारतले पाकिस्तानले भारतीय शहरहरूतर्फ प्रहार गरेको १५ वटा क्षेप्यास्त्रहरूलाई निष्क्रिय पार्न S-४०० प्रतिरक्षा प्रणालीको सफलतापूर्वक प्रयोग गर्‍यो। त्यसपछि, इजरायली HARPY…

भारतीय सेनाले बुधबार बिहानै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र आक्रमण गरेको थियो जसलाई अपरेशन सिन्दूर भनिएको थियो।…

प्रतिकृयाहरू
...