Monday 30th March 2026

विश्वकप ट्रफी यसै साता नेपाल आउने


तिताेपाटी – अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ।

ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, घिमिरेले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो लाग्न बाँकी छ।’

आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो, अाजकाे अन्न्पुर्ण पाेष्ट  दैनिकमा याे खबर छ ।

फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ । सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...