Monday 15th December 2025

विश्वकप ट्रफी यसै साता नेपाल आउने


तिताेपाटी – अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ।

ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, घिमिरेले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो लाग्न बाँकी छ।’

आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो, अाजकाे अन्न्पुर्ण पाेष्ट  दैनिकमा याे खबर छ ।

फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ । सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...