Monday 30th March 2026

नेकपामा जिम्मेवारी बाँडफाँड, केन्द्रीय सदस्यलाई यस्तो जिम्मेवारी


तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि प्रारम्भिक गृहकार्य सुरु गरेको छ । पहिलो चरणमा केही महत्वपूर्ण विभाग गठन गर्ने तथा पोलिटब्युरो सदस्यको टुंगो लगाउने तयारी छ । १२ र १३ कात्तिकमा बोलाइएको स्थायी समिति बैठकबाट यी दुई काम टुंग्याउने गरी अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा महासचिव विष्णु पौडेल गृहकार्यमा छन् ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्म ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालयबाहेक अन्य संरचना बन्न सकेको छैन । प्रधानमन्त्रीसहित केही नेता सरकार र केही संसदीय समितिको सभापतिको जिम्मेवारीमा छन् । ७ प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसहित केन्द्रीय तहका २८ नेताले नयाँ जिम्मेवारी पाएका छन् । बाँकी नेताहरूलाई कसरी जिम्मेवारी दिने भन्नेबारे उच्च तहमा आन्तरिक छलफल सुरु भएको सचिवालयका एक नेताले बताएकाे आजको नयाँ पत्रिकामा खबर छ ।

केन्द्रीय सदस्यलाई यस्ता जिम्मेवारी
अहिलेसम्म ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चुनिएका छन् । त्यस्तै, ७७ जिल्ला कमिटी, ४ विशेष जिल्ला कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटीअन्तर्गत ७ प्रदेश सम्पर्क कमिटी, प्रवास, प्रतिष्ठान र जनसंगठधनको इन्चार्जमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने तयारी छ ।

पार्टी एकीकरणको स्पिरिटअनुसार जिल्लामा पनि इन्चार्ज र सहइन्चार्जको व्यवस्था गर्ने गरी छलफल चलिरहेको सचिवालयका एक सदस्यले बताए । यस्तै, मोर्चा फाँटअन्तर्गत २२ वटा जनवर्गीय संगठनमा पनि केन्द्रीय तहका नेतालाई इन्चार्ज बनाउने तयारी छ । आवश्यकताअनुसार महानगर र संघीय निर्वाचन क्षेत्रमा समेत केन्द्रीय तहका नेतालाई नै इन्चार्ज खटाउन सकिने विकल्पमा परामर्श भइरहेको ती नेताले बताए ।

विभाग प्रमुखमा पोलिटब्युरोमाथिका नेता
नेकपाले तत्कालीन एमालेका अधिकांश केन्द्रीय विभागलाई निरन्तरता दिँदै केन्द्रीय विभागहरू बनाएको छ । यस्ता ३२ विभागमध्ये संघीय तथा संसदीय मामिला विभाग, स्थानीय तह मामिला विभाग, प्रदेश संसदीय मामिला विभाग, खानेपानी तथा सरसफाइ विभाग नयाँ छन् । ती सबै विभागमा आवश्यकताअनुसार केन्द्रीय सचिवालय, स्थायी समिति र पोलिटब्युरो सदस्यहरूमध्येबाट प्रमुखको जिम्मेवारी दिने गरी गृहकार्य भइरहेको उच्च स्रोतले जनाएको छ ।

केन्द्रीय सल्लाहकार र विभाग सदस्य कार्यदलले छान्ने
नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन सकेलगत्तै केन्द्रीय सल्लाहकार, केन्द्रीय आयोग र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने तथा केन्द्रीय विभागलाई पूर्णता दिनेछ ।

केन्द्रीय निकाय, आयोग र केन्द्रीय विभागमा रहने सदस्य सिफारिसका लागि एकीकरण कार्यदललाई जिम्मेवारी दिइएको छ । यसअनुसार सातवटै प्रदेशमा गठित एकीकरण कार्यदलहरूमध्ये अधिकांशले केन्द्रीय सल्लाहकार, केन्द्रीय निकाय, मञ्च र विभागमा रहने सदस्यहरूको नाम केन्द्रीय सचिवालयमा सिफारिस गरिसकेका छन् भने केहीले बुझाउन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...