Wednesday 8th October 2025

पत्रकार जमाल खशोग्गीको टर्किस्थित साउदी दूतावासभित्र मृत्यु भएको पुष्टि


तितोपाटी – साउदी अरबले पत्रकार जमाल खशोग्गीको मृत्यु टर्कीस्थित आफ्नो दूतावासभित्र भएको पुष्टि गरेको छ। घटनाको पुष्टि भएसँगै उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ। १८ जनालाई गिरफ्तार गरिएको छ।

अक्टोबर २ मा विहेका लागि कागजात बनाउन इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास जाँदा पत्रकार खशोग्गी बेपत्ता भएका थिए। साउदी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्यु भएको बताइएको छ।

यसअघि खशोग्गी वाणिज्य दूतावासभित्रै मारिएको भन्ने टर्कीको दाबी रियादले अस्वीकार गर्दै आएको थियो। पत्रकार बेपत्ता प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन रियादले आफ्ना निकट साझेदार मुलुकबाटै चर्को दबाब झेल्दै आएको थियो।
कतिपयले शक्तिशाली साउदी राजकुमार मोहम्मदकै निर्देशनमा खशोग्गीको हत्या गरिएको आरोप लगाउँदै आएका छन्। खशोग्गी राजकुमार मोहम्मदका कतिपय नीतिका कटु आलोचक थिए।

खशोग्गी पछिल्लाे समय अमेरिकामा स्व:निर्वासनमा बस्दै अाएका थिए।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...