Saturday 20th December 2025

सोमालियामा अमेरिकी सेनाको कारवाहीमा ६० लडाकु मारिए


तितोपाटी – अमेरिकी सेनाले मध्य सोमालियामा गत शुक्रवार गरिएको एउटा कारबाहीमा अल-शबाब समूहका करिब ६० जना लडाकु मारिएको आफ्नो विश्वास रहेको जनाएको छ। हरारडेरे नगर नजिकै ‘निश्चित निशानामा लक्षित’ आक्रमणमा कोही सर्वसाधारण घाइते वा नमारिएको अमेरिकी सेनाको एउटा वक्तव्यमा भनिएको छ। सोमालियाको फौजसँग मिलेर अल-शबाबमाथि हमला गर्ने संयुक्त प्रयास अन्तर्गत पछिल्लो कारबाही गरिएको हो।

सन् २०१७ को नोभेम्बर यताकै यो सबैभन्दा हिंसात्मक कारबाही भएको बताइएको छ। गत नोभेम्बरमा गरिएको एउटा कारबाहीमा सयजना लडाकु मारिएको अमेरिकी सेनाले उल्लेख गरेको छ। इथियोपियाली सेना गत वर्ष हटेदेखि मध्य सोमालियामा अल-शबाब अझ बढी शक्तिशाली भएर आएको थियो  । यो अाक्रमणले लडाकु समुह अल-शबाबलार्इ ठुलै झट्का लागेको बुझिएको छ।

अल-कायदासँग सम्बद्ध अल-शबाब समूहले पछिल्लो कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

अमेरिकी अफ्रिकी कमाण्डले भनेको छ, “सोमाली र अन्तर्राष्ट्रिय साझेदारहरूसँगै हामी पनि अल-शबाबलाई सुरक्षित स्थानको फाइदा लिनबाट रोक्न प्रतिबद्ध छौँ।” समाचार संस्था एपीका अनुसार यो वर्ष अमेरिकी सेनाले सोमालियामा ड्रोन आक्रमणसहित दुई दर्जनभन्दा बढी हवाई हमला गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१७ को मार्चमा अल-शबाबविरुद्धको कारबाहीलाई विस्तार गरेका थिए। सन् २०११ मा अफ्रिकी युनियन फौजको नेतृत्वमा गरिएको कारबाहीबाट अल-शबाब मोगादिसुबाट भाग्न बाध्य भएको थियो।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...