Monday 16th February 2026

याैन दुर्ब्यवहारको अारोप लागेपछि भारतीय विदेश राज्यमन्त्रीद्वारा राजीनामा


तितोपाटी – भारतमा कैयौँ महिलाहरूले आफूमाथि यौन दुर्व्यवहार तथा आक्रमण गरेको आरोप लगाएपछि त्यहाँका केन्द्रीय विदेश राज्य मन्त्री एमजे अकबरले उनको पदबाट राजीनामा दिएको अधिकारीहरूले पुष्टि गरेका छन्। भूतपूर्व सम्पादक समेत रहेका कनिष्ठ विदेशमन्त्री अकबर, भारतीय #मीटू अभियानअन्तर्गत यौन दुर्व्यवहार गरेको आरोप लाग्ने उच्च पदस्थ सरकारी अधिकारी हुन्। “हिंसात्मक व्यवहार” देखि यौन आक्रमण गरेको आरोपहरू उनीमाथि लगाइएको छ।

उनले यसअघि शुरूमा उनीविरुद्ध यौन दुर्व्यवहार गरेको आरोप लगाएकी एकजना महिला पत्रकारविरुद्ध आपराधिक मानहानीको मुद्दा दायर गरेका थिए। एक विज्ञप्तिमार्फत् उनले, उनकै शब्दमा, आफूमाथि लगाइएका झुटा आरोपहरूका विरुद्ध चुनौती दिने निर्णय गरेकाले पद त्याग्नु उपयुक्त भएको बताएका छन्।

अकबरमाथि लगाइएका यौन दुर्व्यवहारका आरोपहरूबारे जवाफ दिन भारतीय सरकारमाथि दबाब बढिरहेका बेला उनको राजीनामा आएको हो। भारतका एकजना प्रभावशाली सम्पादकमध्येका एक, अकबरले ‘द टेलिग्राफ’ तथा ‘दि एसियन’जस्ता अङ्ग्रेजी भाषाका समाचारपत्रहरूको सम्पादन गरेका छन्।

गत हप्ता पहिलो पटक पत्रकार प्रिया रमानीले ‘भोग’ म्यागजिनका लागि एक वर्षअघि ‘टु द हार्भी वाइन्सटिनस् अफ द वर्ल्ड’ शीर्षकमा लेखिएको लेख सामाजिक सञ्जाल ट्वीटरमा पुनः ट्वीट गरेकी थिइन्र सो लेख उनले कार्यक्षेत्रमा पहिलो पटक आफूले सामना गर्नुपरेको भनिएको दुर्व्यवहारबारे लेखेकी थिइन्। शुरूमा लेखिएको लेखमा रमानीले कसैको नाम उल्लेख गरेकी थिइनन् तथा एउटा ट्वीट सन्देशमा उनले सो लेख अकबरबारे भएको बताएकी थिइन्।

त्यसयता कैयौँ अन्य महिलाले पनि अकबरको नाम लिँदै उनीहरूले भोगेको अनुभव बाहिर ल्याएका छन्। अकबरको राजीनामाप्रति प्रतिक्रिया जनाउँदै रमानीले अर्को ट्वीट सन्देशमा आफू “सही” भएको बताइन्।

शुरूमा जब अकबरमाथि आरोप लगाइएको थियो तब उनी विदेशयात्रामा थिए र सोमवार भारत फर्किएपछि उनले रमानीमाथि मानहानीको मुद्दा दायर गरेका थिए। अकबरले नै ती आरोपहरूलाई अस्वीकार गर्दै ती आरोपहरूलाई उनले, उनकै शब्दमा, झुटो तथा बनावटी भनेका थिए। रमानीले उनीविरुद्ध दायर गरिएको मुद्दा लड्न आफू ‘तयार’ भएको बताएकी छिन्।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...