Saturday 20th December 2025

उत्तर र दक्षिण कोरियाबिच भूमिगत रेलमार्ग निर्माण गर्ने सहमति


तितोपाटी – उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको बताइएको छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ ।

सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको शुरुआत गरिने पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको योन्हाप समाचार समितिले जानकारी दिएको छ ।

दुवै देशका प्राविधिकहरु र रेल सेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो । रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि शुरुमा दुई कोरियाबीच पत्राचार भएको समाचारमा जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...