Monday 5th October 2026

अमेरिकामा अाप्रवासी कामदारलार्इ पक्राउ गरि अदालतमा मुद्दा दायर गर्न शुरू


तितोपाटी – अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो।

अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीलाई उपस्थित गराएर सामूहिक सुनुवाई गरिएको छ। अदालतभित्रको समाचार एजेन्सीहरुका अनुसार टेक्सासस्थित संघीय अदालतमा अवैध आप्रवासीहरुमाथि भइरहेको सामूहिक सुनुवाईको तस्वीर सार्वजनिक भएकाे छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका अवैध आप्रवासीको संख्या कटौती गर्ने नीति अघि सारेका छन् । उनले अमेरिकामा यसअघि विभिन्न मुलुकका नागरिकलाई दिदैं आएको अस्थायी आवास अनुमतिको सुविधा हटाउन लागेका हुन्।

आप्रवासीका कारण मुलुकको सुरक्षा व्यवस्था कमजाेर हुन पुगेकाे भन्दै अमेरिकी सरकारले यस्ताे नीति लिएकाे हाे। गृहयुद्ध, प्राकृतिक विपद्, भोकमरी लगायतका संकट झेल्दै आएका मुलुकका नागरिकका लागि अमेरिकाले यसअघि अस्थायी बसोबासको अनुमति दिदैं आएको थियो।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

ब्राजिलको राष्ट्रपति चुनाव दोस्रो चरणमा पुगेको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि वर्तमान…

प्रतिकृयाहरू
...