Wednesday 21st October 2026

भारतमा पनि अाँधी, ८ जनाको मृत्यु


तितोपाटी – भारतका पुर्वी राज्य उडिसा र आन्द्र प्रदेशमा विहीबार आएको सामुद्रिक आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै आन्द्र प्रदेशका हुन् । आँधीका कारण हजारौं घरहरू ध्वस्त भएका छन् । १ सय ५० किलोमिटर प्रतिघण्टाको हावाहुरीका कारण उडिसा र आन्द्र प्रदेशका तटीय क्षेत्रमा आएको तितली नामक आँधीपछि कम्तीमा ३ लाख मानिसहरू विस्थापितभएका छन् ।

अधिकारीहरूले आँधी प्रभावित क्षेत्रमा यातायात तथा अवरुद्ध भएको जनाए । आन्द्र प्रदेशको श्रीकाकुलम जिल्लाका प्रमुख के धनन्जय रेड्डीले भने, ‘करिब ६ देखि ७ हजार विजुलीका पोल ढलेका हुनसक्ने डर लागेको छ ।’ उनले ‘४ देखि ५ लाख मानिसहरू विजुलीबिना बस्न बाध्य भएको’ बताए ।

अधिकारीले उडिसाका शैक्षिक संस्थाहरू एक साताका लागि बन्द हुने जनाएका छन् । करिब १ हजार २ सय जनालाई अस्थायी शिविरमा राखिएको छ । भारतको पूर्वी क्षेत्र तथा बंगलादेश पटक–पटक सामुद्रिक आँधीको चपेटामा पर्ने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...