Saturday 20th December 2025

टी-ट्वान्टी विश्वकपको एसिया छनाैटमा नेपालको लगातार चाैथो जीत, भुटानलार्इ पनि हरायो


तितोपाटी – टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।

भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।

यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।

नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भए, जतिबेला टिमको स्कार मात्र ६ रन थियो । तर, अनिलकुमार साहले प्रदिपसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भए । आरिफ शेखले १३ रन जोडे ।

ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे । ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...