Wednesday 7th October 2026

रोल्पाली गायक डि.सीको माया गरे तिमीलाई म्युजिक भिडियो सहित


 तितोपाटी – रोल्पा जिल्लाको पाखापानी -४ घोरेलीमा जन्मिएका नव गायक प्रेम डि.सीले माया गरे तिमीलाई लोक दोहोरी गीतकाे म्युजिक भिडियो सहित बजारमा ल्याएका छन ।

सानै उमेर देखि कलाकारिता क्षेत्रमा लाग्न औधी रुचि राख्ने गायक घरको आर्थिक अवस्थाले गर्दा बाध्य भएर प्रदेशिनु परे पनि सांगीतिक क्षेत्रमा भने आफ्नो कला र गलालाई निरन्तरता दिइरहेका छन । अहिले सम्ममा गायक डि.सीले आधा दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन भने केही गीतहरुमा आफैले लय तथा शब्द संकलन पनि गरेका छन ।

माया गरे तिमीलाई गीतको अडियो तथा म्युजिक भिडियो हिम डिजिटल प्राइभेट लिमिटेडले बजारमा ल्याएको हो । उक्त गीतमा प्रेम डि.सी र जमुना सिर्पालीको स्वर रहेको छ । त्यसैगरी उक्त गीतमा लय दोलखा जिल्लामा जन्मिनु भएकी सम्रिना बोम्जनको रहेको छ भने गायक तथा सर्जक भुवन वलीको शब्द रहेको छ ।

माया गरे तिमीलाई गीतको म्युजिक भिडियोमा इच्छाराम परियार र संगीता घिमिरेले अभिनय गरेका छन । उक्त भिडियोको निर्देशन एकेन्द्र साराशंखरले गरेका छन भने छायाँकन मुकेश हुमागाइ र नरेश चौसिरले गरेका छन । त्यसैगरी सम्पादन अमर शाक्यले गरेका छन भने प्रबन्ध निर्देशक नन्दराम परियार रहेका छन ।

भिडियाे हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...