Thursday 24th September 2026

अनेसास कुवेतले नोभेम्बर २ तारिकका दिन १०९ अाैं लक्ष्मी जयन्ति मनाउने


तितोपाटी – अनेसास कुवेत च्याप्टरले १०९ औं लक्ष्मी जयन्ति अागामी २ नोभेम्बर २०१८ शुक्रबारका दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । कुवेतको जलिब अल शुयोख स्थित पपिन्स हलमा मिति २०७५ कार्तिक १६ गते तद अनुसार 2018 नोभेम्बर 2 तारीख शुक्रबारको दिन गजल कविता मुक्तक वाचन गर्दै १०९ औं लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाउने भएको अनेसास कुवेत च्याप्टरका महासचिव राज श्रेष्ठले तितोपाटी डट कमलार्इ बताए ।

कार्यक्रम बिहान १०ः३० बजे देखि शुरु भएर ३ः०० बजेसम्म सक्नुपर्ने भएको हुनाले सबैजना साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर समयमै उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानले अनुरोध गरेका छन् । ३ बजेपछि सोही हलमा अर्को कार्यक्रम भएको हुनाले समयमै उपस्थिति भई दिनु हुन अनेसास कुवेत च्याप्टर बिनम्र आग्रह गर्द्छ भन्दै गजल कविता मुक्तक वाचन गर्दै १०९ अाैं लक्ष्मी जयन्ति मनाउने उक्त कार्यक्रममा  कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, वु्द्धिजीवि लगायत सम्पुर्ण कुवेतवासी नेपाली दाजुभार्इ दिदीबहिनीहरूलार्इ यसै समाचार मार्फत चुल्है निमन्त्रणा स्वीकार गरि उपस्थित भै दिनुहुन अनुरोध गर्दै यो कार्यक्रम तपाईं हामी सबै नेपालीको साझा कार्यक्रम भएको हुनाले यो कार्यक्रम भएको दिन अन्य कार्यक्रम नराखी दिनुहुन सबैमा अनेसास कुवेत च्याप्टरले अाग्रह समेत गरेको छ।

सन्  २०१० देखि कुवेत नगरीमा गठन भर्इ कृयाशिल रहेको  साहित्यिक सँस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर शुरूवाती दिनमा  कृयाशिल रहे पनि विविध प्राविधिक कारणले लामो समयदेखि निस्कृय हुँदा  सर्जकका सृजना प्रस्तुत गर्न अन्य संघ सँस्थाका कार्यक्रम पर्खनु पर्ने अबस्था अाएको थियो भने हाल केही  समय यता पुनः कृयाशिल भएको छ भने यसले विभिन्न श्रृंखलामा सर्जकहरू बिच एकापसमा साहित्य वाचन  गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...