Sunday 29th November 2026

अनुमति विवादपछि बेल्जियममा गुगलको एआई डाटा सेन्टर निर्माण रोकियो


बेल्जियममा गुगलले बनाइरहेको एआई (कृत्रिम बुद्धिमत्ता) डाटा सेन्टरको निर्माण काम रोकिएको छ। स्थानीय सरकारले आवश्यक अनुमति नलिई काम गरेको आरोप लगाएपछि गुगलले हालका लागि निर्माण स्थगित गरेको हो।

गुगलले डाटा सेन्टर चिस्याउने प्रणाली परिवर्तन गर्न चाहेको थियो, तर त्यसका लागि मागिएको अनुमति अस्वीकृत भएको थियो। त्यसपछि पनि काम जारी राखिएको भन्दै स्थानीय बासिन्दा र वातावरण संरक्षणकर्मीहरूले विरोध गरेका छन्।

यस विषयमा अदालतमा आगामी वर्ष सुनुवाइ हुने भएको छ। ऊर्जा धेरै खपत गर्ने यस्ता डाटा सेन्टरका कारण वातावरणमा असर पर्न सक्ने भन्दै विश्वभर चिन्ता बढ्दै गएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित लुलु हाइपरमार्केटले नोभेम्बर २५ देखि डिसेम्बर १ सम्म ‘WOW Style & Beauty’ विशेष अभियान सञ्चालन गरेको छ। यस अभियानअन्तर्गत…

म्यान्मारको सैन्य सरकारले गरेको हवाई आक्रमणमा विद्यालय र विवाह समारोहस्थलमा गरी दर्जनौं मानिसको ज्यान गएको छ। शनिबार दक्षिणी शान राज्यको…

कुवेतस्थित लुलु हाइपरमार्केटले हुवावेको सहकार्यमा ‘सुपर फ्राइडे’ प्रवर्द्धन अभियान सुरु गरेको छ। नोभेम्बर २५ देखि डिसेम्बर १ सम्म सञ्चालन हुने…

प्रतिकृयाहरू
...