मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा मात्रै ८८३ उडान ढिला भएका छन् भने ७० उडान रद्द गरिएका छन्।
विशेष गरी दुबई अन्तर्राष्ट्रिय विमानस्थल, दोहा हमाद अन्तर्राष्ट्रिय विमानस्थल, रियाद किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र जेद्दा किङ अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थल बढी प्रभावित भएका छन्।
रिपोर्टका अनुसार यमनका हुथी विद्रोही समूहका मिसाइल र ड्रोन आक्रमण तथा क्षेत्रीय सुरक्षा जोखिमका कारण धेरै हवाई मार्गमा कडाइ गरिएको छ। यसैबीच युरोपेली उड्डयन सुरक्षा एजेन्सी (EASA) ले खाडी क्षेत्रका केही हवाई मार्ग प्रयोग गर्दा विशेष सावधानी अपनाउन एयरलाइन्सलाई निर्देशन दिएको छ।
सबैभन्दा बढी ढिला उडान दुबई विमानस्थलमा देखिएको छ, जहाँ २०६ उडान ढिला भएका छन्। दोहामा १४१ र इस्तानबुलमा १३७ उडान ढिला भएका छन्। उता साउदी अरबका विभिन्न विमानस्थलमा सुरक्षा कारणले उडान रद्द गर्ने क्रम बढी देखिएको छ।
विश्लेषकहरूका अनुसार हवाई क्षेत्र प्रतिबन्धका कारण विमानहरूले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा यात्रामा ढिलाइ, यात्रु मिस कनेक्सन र सञ्चालन खर्च वृद्धि भएको छ।
तस्बिरःAI