Saturday 31st October 2026

अमेरिकाद्वाा युक्रेनलाई ५०० अत्याधुनिक प्याट्रियट मिसाइल बिक्री गर्न अनुमति


अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई ५०० वटा Patriot PAC-3 MSE वायु प्रतिरक्षा मिसाइल बिक्री गर्न अनुमति दिएको छ। यी मिसाइलहरू रुसले युक्रेनमाथि निरन्तर गरिरहेका ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न प्रयोग गरिन्छ।

यो सम्झौताको अनुमानित लागत २.१ अर्ब अमेरिकी डलर रहेको छ। विशेष कुरा के छ भने यस खरिदमा अमेरिकाले आर्थिक सहयोग नगर्ने भएको छ। यसको खर्च क्यानडा, जर्मनी र नर्वेको सहयोग तथा युरोपेली संघ (EU) को ऋणमार्फत युक्रेनले आफैं बेहोर्नेछ।

Patriot PAC-3 MSE हाल सेवामा रहेको सबैभन्दा आधुनिक संस्करण मानिन्छ। यो विश्वका थोरै प्रभावकारी प्रणालीमध्ये एक हो, जसले ब्यालिस्टिक मिसाइललाई आकाशमै नष्ट गर्न सक्छ।

तर, अमेरिकी पक्षले मिसाइलहरू युक्रेनमा कहिले पुग्ने भन्ने स्पष्ट जानकारी दिएको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अनुमति प्राप्त हुनु सकारात्मक भएको बताए पनि आपूर्ति केही वर्षपछि मात्र सुरु हुने संकेतले चिन्ता बढाएको बताएका छन्।

जेलेन्स्कीले युक्रेनलाई अहिले नै सुरक्षा आवश्यक रहेको भन्दै जाडो मौसममा रूसका सम्भावित आक्रमण रोक्न प्रति महिना १०० वटा प्याट्रियट मिसाइल आवश्यक भएको बताएका छन्। उनका अनुसार ५०० वटा मिसाइलले आउँदा केही महिनासम्म युक्रेनको आकाशीय सुरक्षा बलियो बनाउन मद्दत गर्नेछ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आफ्नै प्याट्रियट मिसाइल उत्पादन गर्ने अनुमति दिने घोषणा गरेका थिए। तर यस्तो कारखाना निर्माण गर्न वर्षौं लाग्न सक्ने भएकाले तत्कालका लागि अमेरिका र उसका सहयोगी राष्ट्रहरूको आपूर्ति महत्वपूर्ण मानिएको छ।

रूस–युक्रेन युद्ध जारी रहेका बेला भएको यो निर्णयलाई युक्रेनका लागि महत्वपूर्ण कूटनीतिक तथा सैन्य सफलताका रूपमा हेरिएको छ। युक्रेनले पश्चिमी देशहरूसँग थप हवाई प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...