Sunday 10th August 2025

भाैतिकशास्त्र तर्फको नोबेल पुरस्कार यस वर्ष ३ जनालार्इ


तितोपाटी – सन् २०१८का लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक अर्थर अस्किन, फ्रान्सेली नागरिक ग्रेरार्ड माउरोउ र क्यानेडियन नागरिक डोन्ना स्ट्रिकल्यान्डलाई प्रदान गरिने भएको छ।

लेजर फिजिक्सको क्षेत्रमा उल्लेख्य योगदान पुराएका कारण उनीहरुलाई भौतिक शास्त्रतर्फको पुरस्कार दिइएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ। उनीहरुले विकसित गरेको पद्धतिले चिकित्सा, उद्योग, मनोरञ्जन, फाइबर अप्टिकल सञ्चार, सिडी, सिडी रोम र डिभिडीमा महत्वपूर्ण भूमिका खेलको छ।

पुरस्कारको राशि अस्किनले आधा र माउरोउ र स्ट्रिकल्यान्डले बाँकी रहेका भाग प्राप्त गर्ने छन्। क्यानेडेली स्ट्रिकल्यान्ड भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन। सन् १९०१ देखि नै भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्दै आएको छ। नोबेल  पुरस्कारको राशि ९० लाख डेनिस क्रोनर अर्थात् ९ लाख ९८ हजार डलर रहेको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण…

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

प्रतिकृयाहरू
...