Thursday 27th August 2026

भाैतिकशास्त्र तर्फको नोबेल पुरस्कार यस वर्ष ३ जनालार्इ


तितोपाटी – सन् २०१८का लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक अर्थर अस्किन, फ्रान्सेली नागरिक ग्रेरार्ड माउरोउ र क्यानेडियन नागरिक डोन्ना स्ट्रिकल्यान्डलाई प्रदान गरिने भएको छ।

लेजर फिजिक्सको क्षेत्रमा उल्लेख्य योगदान पुराएका कारण उनीहरुलाई भौतिक शास्त्रतर्फको पुरस्कार दिइएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ। उनीहरुले विकसित गरेको पद्धतिले चिकित्सा, उद्योग, मनोरञ्जन, फाइबर अप्टिकल सञ्चार, सिडी, सिडी रोम र डिभिडीमा महत्वपूर्ण भूमिका खेलको छ।

पुरस्कारको राशि अस्किनले आधा र माउरोउ र स्ट्रिकल्यान्डले बाँकी रहेका भाग प्राप्त गर्ने छन्। क्यानेडेली स्ट्रिकल्यान्ड भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन। सन् १९०१ देखि नै भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्दै आएको छ। नोबेल  पुरस्कारको राशि ९० लाख डेनिस क्रोनर अर्थात् ९ लाख ९८ हजार डलर रहेको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...