Monday 16th February 2026

इन्डोनेसियमा भूकम्पको कारण मर्नेको संख्या १२ सय नाघ्यो


तितोपाटी –

इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या १२ सय नाघेको अधिकारीहरूले जनाएका छन् । मङ्गलवार अघिसम्म मृतकहरूको सङ्ख्या ८४४ पुगेको पुष्टि भएको थियो। मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीले तटीय सहर पालुमा विध्वंस मच्चाएको छ।

यस भूकमपछि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाइएको छ । उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरहरुको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् । जसका कारण मृत्यु हुनको सङ्ख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । भूकम्प गएको पछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन । घरका भग्नावशेषबाट जिवीतै व्यक्तिकाे उद्धारको लागि प्रयास जारी रहेको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकहरु बढ्नसक्ने जनाइएको हो ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिलगरेका छन् ।मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका र सयौँ घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाई छ । अस्पतालका भवनमा पनि क्षति भएकाले खुल्ला ठाउँमा त्रिपाल टाँगेर घाइतेको उपचार भइरहेको छ । इण्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कयौँ मानिस हराइरहेको अनुमान गरिएको छ ।

भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली परकम्प आउनेक्रम जारी रहेको बताएका छन् ।
यसै बिच भूकम्प पीडितको राहत उद्दार तथा ब्यवस्थापनको लागि थाइल्याण्ड र अष्ट्रेलियाले सहयोगको हात बढाएका छन् ।
यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी मानिस मारिएका थिए । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९दशमलव १ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...