Monday 7th September 2026

भोटेकोसी बाढीमा मृत्यु हुने १,३५५ पुगे, करिब ५ हजार अझै बेपत्ता


भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लामा फेला परेका शव तथा मानव अंगको आधारमा यो तथ्यांक सार्वजनिक गरिएको हो।

सबैभन्दा बढी प्रभावित जिल्लामध्ये चितवनमा ३६३, नवलपरासी (पूर्व) मा २२२, नवलपरासी (पश्चिम) मा २२१, नुवाकोटमा १९७ र रसुवामा १६९ जनाको शव फेला परेको छ।

सोमबार बिहानसम्मको विवरणअनुसार ४,९९६ जना अझै सम्पर्कविहीन रहेका छन्। रसुवामा १,९६७ र नुवाकोटमा २,३४० जना बेपत्ता रहेको जनाइएको छ। साथै ५८९ विदेशी नागरिक पनि सम्पर्कविहीन रहेका छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रमा ६,६७२ जना घाइतेको उपचार गरिएको छ भने १३,३९६ जनाको उद्धार गरिएको छ।

खोज तथा उद्धार कार्यका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित क्षेत्रका विभिन्न ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जना आश्रय लिएर बसेका छन्।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...