Tuesday 13th October 2026

भरतपुरमा १३५ शव संकलन, भोलि बिहानदेखि पहिचान प्रक्रिया सुरु


भरतपुर — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएकामध्ये चितवनमा हालसम्म १३५ वटा शव संकलन गरिएको छ। संकलित शवहरूको पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको हलमा अस्थायी शव पहिचान कक्ष स्थापना गरी शवहरू व्यवस्थित रूपमा राखिएको छ।

चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार शव राख्न सातवटा डेकर तयार गरिएको छ। शवको सुरक्षाका लागि रातिको समयमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने शव सुरक्षित राख्न माइनस डिग्री तापक्रम कायम गरिएको छ।

चिकित्सकहरूले शव सफा गरी महिला, पुरुष तथा उमेर समूहअनुसार छुट्याएर स्पष्ट तस्बिरसमेत खिचेका छन्। ती तस्बिरहरू भोलि बिहान ७ बजेदेखि उद्योग संघको ठूलो हलमा प्रदर्शन गरिनेछ, जसका आधारमा आफन्तले शव पहिचान गर्न सक्नेछन्।

शव पहिचानका लागि चितवन आउने पीडित परिवारका सदस्यलाई प्रशासनले निःशुल्क होटल बसोबासको व्यवस्थासमेत मिलाएको छ।

बाढीपछि आफन्तको खोजीमा रहेका परिवारका लागि यो प्रक्रिया अत्यन्तै पीडादायी भए पनि हराइरहेका आफ्ना प्रियजनको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्ने महत्वपूर्ण माध्यम बन्नेछ


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...